समयमै बजेट पेस गर्न नसकेका चार स्थानीय तहमा बजेट निर्माण र पेस गर्ने वातावरण बनाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले टोली खटाउने भएको छ।
मन्त्रालयका अनुसार सम्बन्धित पालिकासँग समन्वय गरी आवश्यक सहजीकरण गरिनेछ। विभिन्न पहल तथा समन्वयमार्फत पालिकाहरूलाई बजेट पेस गर्न सहयोग गर्ने तयारी गरिएको हो।

