माइक्रो बसमा अचानक आगलागी

Published on

काठमाडौँ । कोहलपुरबाट कैलालीतर्फ गइरहेको ईभी माइक्रो बसमा आइतबार बिहान अचानक आगलागी भएको छ। बर्दिया नगरपालिका–७ रम्तापुरस्थित सडकखण्डमा बिहान पौने ७ बजे गुडिरहेको अवस्थामा ईभी हाईसमा आगलागी भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सु.प.प्र. ०१–००२ ज ४३३ नम्बरको ईभी माइक्रो बसमा अचानक आगो लागेको हो। उक्त माइक्रो बस कैलालीको धनगढी उपमहानगरपालिका–३ का ३८ वर्षीय नरेन्द्र नेगीले चलाइरहेका थिए।

आगलागी हुँदा माइक्रो बसमा चालक र सहचालक मात्रै रहेका थिए। घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। आगलागीबाट ईभी हाईसमा राखिएका कागजपत्र तथा ४२ हजार रुपैयाँ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

डीएसपी रेशम बोहराका अनुसार ठाकुरबाबा नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार

नेक्सस कबड्डी कप २०८३ सम्पन्न

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा सञ्चालन भएको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो...

बाढी प्रभावितका लागि उबरको ‘राइड फर नेपाल’ अभियान, ५० लाख सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उबरले ‘राइड...

नयाँ प्रणालीमार्फत सवारी चालक अनुमतिपत्र छपाइ सुरु

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता...

उपहार खबरका सञ्चालक तथा सम्पादक रामदत्त मिश्र नेपाल व्यापार संघको प्रेस सल्लाहकारमा पुनः नियुक्त

काठमाडौं – उपहार मिडिया नेटवर्क प्रालि तथा उपहार खबर अनलाईन पत्रिकाका सञ्चालक तथा सम्पादक...