गृह मन्त्रालयद्वारा ९ सहसचिवको सरुवा तथा पदस्थापना, ८ जिल्लाका सीडीओ फेरिए

Published on

काठमाडौँ – गृह मन्त्रालयले राजपत्राङ्कित प्रथम श्रेणीका ९ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ। मन्त्रालयको मङ्सिर ११ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग तथा जिल्ला प्रशासन कार्यालयमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो। निर्णयअनुसार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने गृह मन्त्रालयका सहसचिव एकदेव अधिकारीलाई पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

त्यस्तै, अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेलाई अध्यागमन विभागको महानिर्देशक बनाइएको छ। मन्त्रालयका अनुसार गीता कुमारी होमेगाईलाई रामेछाप, वीरेन्द्रकुमार मिश्रलाई दैलेख, विमलप्रसाद बराललाई महोत्तरी, शिवप्रसाद रेग्मीलाई प्युठान र दीपक लामिछानेलाई सिन्धुलीको प्रमुख जिल्ला अधिकारीमा पदस्थापना गरिएको छ।

यस निर्णयसँगै पर्सा, सिन्धुपाल्चोक, रामेछाप, दैलेख, महोत्तरी, प्युठान र सिन्धुलीसहित विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर भएको छ।

spot_img

ताजा समाचार

म्यानमारमा विवाह समारोह र विद्यालयमा हवाई आक्रमण, ५० जनाभन्दा बढीको मृत्यु

काठमाडौँ - म्यानमारको सैन्य शासनले विवाह समारोह स्थल, विद्यालय तथा आवासीय क्षेत्रमा गरेको हवाई...

नारायणगढ-मुग्लिन सडकखण्डमा आजदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने

चितवन- पृथ्वी राजमार्गअन्तर्गत चितवनको घोप्टेभीर सडकखण्ड हिजो बेलुकादेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।...

मुग्लिन-नारायणगढ सडकखण्ड भोलिदेखि दैनिक पाँच घण्टा सडक बन्द हुने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न दैनिक पाँच घण्टा सवारी...

सहसचिव बढुवाका लागि ९ जनाको नाम सिफारिस

काठमाडौँ - बढुवा समितिको सचिवालयले निजामती सेवाका विभिन्न सेवा तथा समूहअन्तर्गत राजपत्राङ्कित प्रथम श्रेणी...