सिंह र अर्याल महानिरीक्षकमा नियुक्त

Published on

काठमाडौं, वैशाख १८ । नेपाल सरकारले नेपाल प्रहरीको २९ औँ महानिरीक्षक पदमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । यसैगरी, आजै बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरित्त महानिरीक्षक राजु अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

खानेपानी मन्त्री उमाकान्त चौधरीले मन्त्रिपरिषद्को बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए ।

वर्तमान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आजै ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउने भएपछि सरकारले सिंहलाई प्रहरी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।

ताजा समाचार

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...

अमिर खान फसे २४ घन्टासम्म चक्राबत मिचुआङमा, रेस्क्यु टाेलीले गर्याे उद्दार

मुम्बइ, २० मंशिर । चक्रवात मिचुआङले चेन्नईमा ठूलो क्षति पुर्याएको छ । यतिबेला सिंगो...