सिंह र अर्याल महानिरीक्षकमा नियुक्त

Published on

काठमाडौं, वैशाख १८ । नेपाल सरकारले नेपाल प्रहरीको २९ औँ महानिरीक्षक पदमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । यसैगरी, आजै बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरित्त महानिरीक्षक राजु अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

खानेपानी मन्त्री उमाकान्त चौधरीले मन्त्रिपरिषद्को बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए ।

वर्तमान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आजै ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउने भएपछि सरकारले सिंहलाई प्रहरी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।

spot_img

ताजा समाचार

सरकारी कर्मचारीको तलब वृद्धि आजदेखि लागू

नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएसँगै सरकारी कर्मचारीहरूको नयाँ तलबमान आजदेखि लागू भएको छ।...

मिटरब्याज समस्याको समाधानका लागि सहमतिको मस्यौदा तयार

मिटरब्याज समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकार र आन्दोलनरत पक्षबीच सहमतिको मस्यौदा तयार भएको...

ग्रामीण क्षेत्रमा पनि क्यान्सर र नसर्ने रोग बढ्दै

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पछिल्ला वर्षहरूमा क्यान्सर, उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वाससम्बन्धी नसर्ने रोगका बिरामी...

स्मार्ट लाइसेन्स अब बर्सौं कुर्नु नपर्ने

सरकारले लामो समयदेखि छाप्न बाँकी रहेका २७ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तीन महिनाभित्र...