बाँकेको जमुनाहा नाका ७२ घण्टा बन्द गरिने

Published on

काठमाडौं १८ बैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँके र बर्दियाको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द गरिने भएको छ । भारतको कतर्नियामा भएको दुई देशका सुरक्षा अधिकारीहरुको बैठकले खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भन्दै ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका अनुसार निर्वाचनका बेला नाका सिल गर्नुका साथै दशगजा क्षेत्रमा कडाइ गरिनेछ । त्यस्तै, दुई देशका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गर्ने, ४८ घण्टाअघि दुई देशका सीमाक्षेत्रमा मदिराको बेचविखन र सेवनमा रोक लगाउने निर्णय भएको प्रजिअ खत्रीले जानकारी दिए ।

ताजा समाचार

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...

अमिर खान फसे २४ घन्टासम्म चक्राबत मिचुआङमा, रेस्क्यु टाेलीले गर्याे उद्दार

मुम्बइ, २० मंशिर । चक्रवात मिचुआङले चेन्नईमा ठूलो क्षति पुर्याएको छ । यतिबेला सिंगो...