एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई जनही पाँच लाख धरौटीमा छाड्न आदेश

Published on

ललितपुर – जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई जनही पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

जिल्ला न्यायाधीश हरिसिंह धामीको एकल इजलासले आज दुवै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। मुद्दा दर्ता भएपछि फरार रहेका अध्यक्ष नेम्वाङ र महासचिव राई आज अदालतमा उपस्थित भई बयान दिएका थिए।

उनीहरूविरुद्ध फिफा विश्वकप छनोटअन्तर्गतको खेल बहराइनमा सार्ने क्रममा मिलेमतो गरेको, टिकट बिक्रीबाट प्राप्त रकम अपचलन गरेको तथा आर्थिक कार्यविधिविपरीत खेलकुद सामग्री खरिद गरी अनियमितता गरेको आरोप लगाइएको छ।

यसअघि यही प्रकरणमा प्रतिवादी बनाइएका एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी १५ लाख रुपैयाँ र लेखा अधिकृत सञ्जीव पाण्डे १२ लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन्।

spot_img

ताजा समाचार

चक्रवातको प्रभावले आज रातिबाट भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बङ्गालको खाडीमा विकसित चक्रवात थप...

एनपीएलमा आज जनकपुर-काठमाडौं र कर्णाली-विराटनगर भिड्दै

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्। त्रिवि क्रिकेट मैदानमा हुने...

छोरीको जन्मदिनमा रामलीला समितिलाई प्रकाश कलौनीको ११ हजार १११ रुपैयाँ सहयोग

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर -९ लालपुरका प्रकाश कलौनीले छोरी आराध्या कलौनीको...

एनपीएलमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडौं –नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले पहिलो जित निकालेको छ।...