छोरीको जन्मदिनमा रामलीला समितिलाई प्रकाश कलौनीको ११ हजार १११ रुपैयाँ सहयोग

Published on

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर -९ लालपुरका प्रकाश कलौनीले छोरी आराध्या कलौनीको दोस्रो जन्मदिनको अवसरमा सुन्दरपुरस्थित श्री सुन्दरपुर रामलीला समितिलाई ११ हजार १११ रुपैयाँ सहयोग गर्नुभएको छ ।

उक्त रकम कलौनीका सहोदर भाइ वीरेन्द्र कलौनी र सागर कलौनीले क्यूआर मार्फत समितिलाई पठाउनुभएको हो । जन्मदिनको अवसरमा सामाजिक तथा धार्मिक क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले सहयोग गरिएको जनाइएको छ।

कलौनी परिवारले विगतदेखि नै जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै आएको छ । परिवारले छोरा योगेश कलौनीको जन्मदिन अनाथालयमा र छोरी आरवी कलौनीको जन्मदिन बैजनाथ धाम वृद्धाश्रममा मनाउँदै आएको छ । जन्मदिनमा हुने खर्चलाई सामाजिक सेवामा लगाउने उद्देश्यसहित परिवारले हरेक वर्ष रचनात्मक कार्य गर्दै आएको छ ।

छोरी आराध्याको दोस्रो जन्मदिनमा प्राप्त सहयोगले समितिका गतिविधि सञ्चालनमा सहयोग पुग्ने श्री सुन्दरपुर रामलीला समितिका कोषाध्यक्ष दलबहादुर कुँवरले बताउनुभयो । उहाँले सहयोगका लागि कलौनी परिवारलाई धन्यवादसमेत व्यक्त गर्नुभएको छ ।

spot_img

ताजा समाचार

चक्रवातको प्रभावले आज रातिबाट भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बङ्गालको खाडीमा विकसित चक्रवात थप...

एनपीएलमा आज जनकपुर-काठमाडौं र कर्णाली-विराटनगर भिड्दै

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्। त्रिवि क्रिकेट मैदानमा हुने...

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई जनही पाँच लाख धरौटीमा छाड्न आदेश

ललितपुर - जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र...

एनपीएलमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडौं –नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले पहिलो जित निकालेको छ।...