एनपीएलमा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

Published on

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजले विजयी सुरुआत गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा चितवनले विराटनगर किङ्ग्सलाई ८ रनले पराजित गरेको हो। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगरले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर १४९ रन मात्र बनाउन सक्यो। विराटनगरका इमरान शेखले ३९, आन्द्रे रसेलले ३३ र लोकेश बमले २६ रन बनाए। चितवनका कमल ऐरीले चार तथा रिजन ढकालले दुई विकेट लिए।

एक समय पाँच विकेट गुमाएर १३२ रन बनाएको विराटनगरले त्यसपछि थप १७ रन जोड्दा बाँकी सबै विकेट गुमायो। चितवनका बलरले निर्णायक समयमा लगातार विकेट लिएपछि विराटनगर लक्ष्यसम्म पुग्न असफल भयो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो। चितवनका डेविड मलानले सर्वाधिक ७० रन बनाए। विराटनगरका एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलंकाले एक/एक विकेट लिए।

प्रतियोगिताअन्तर्गत आजको दोस्रो खेलमा पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ। जसमा कर्णाली याक्सले ब्याटीङ गरिरहेको छ भने जनकपुर बोल्ट्सले बलिङ् गरिरहेको छ । जसमा जनकपुरले टस जितेर बलिङ रोजेको हो । एनपीएल हिजोदेखि सुरु भएको हो। उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको थियो। यस संस्करणमा पहिलोपटक डीआरएस प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता, विदेशी खेलाडीको सहभागिता र दर्शकको बढ्दो चासोले प्रतियोगितालाई थप आकर्षक बनाएको छ।

लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्ग्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्स गरी आठ टोली सहभागी प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।

spot_img

ताजा समाचार

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, साँझ ५ बजे खेल सुरु हुने

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच...

निर्वाचनमा पराजित भएपछि फ्लाभियो बोल्सोनारो परिवारसहित अमेरिका भागे

काठमाडौं - ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पराजय व्यहोरेपछि सिनेटर फ्लाभियो बोल्सोनारो पत्नी र दुई छोरीसहित...

खतरनाक बन्यो चक्रवात ‘अर्नब’, नेपालमा पनि उच्च सतर्कता

काठमाडौं – बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ शक्तिशाली बन्दै गएपछि नेपालमा पनि उच्च सतर्कता अपनाइएको...

एनपीएलमा कर्णाली याक्सको पहिलो जित, जनकपुर १९ रनले पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विजयी सुरुआत गरेको...