भीरबाट लडेर बझाङका वडाध्यक्ष टंकप्रसाद जोशीको मृत्यु

Published on

बझाङ – बझाङको बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंकप्रसाद जोशीको भीरबाट लडेर मृत्यु भएको छ। ५० वर्षीय जोशी शुक्रबार दिउँसो खर काट्ने क्रममा भीरबाट लडेर चट्टानमा बजारिँदा गम्भीर घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घाइते जोशीको उद्धारका लागि हेलिकोप्टर बोलाइएको थियो। तर, हेलिकोप्टर आइपुग्नुअघि नै उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ।

जोशी लगातार दुई कार्यकाल वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो। उहाँ २०७४ सालमा नेकपा एमाले र २०७९ सालमा नेकपा (एकीकृत समाजवादी) बाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो।

spot_img

ताजा समाचार

बंगालको खाडीमा चक्रवात विकसित हुँदै, नेपालमा ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने

काठमाडौँ - बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत हुने र त्यसको प्रभाव नेपालमा...

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले दक्षिण अफ्रिकाका...

आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

काठमाडौँ । बडादसैँअन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण...

रास्वपा सभापति रवि लामिछाने तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक भ्रमणका...