दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्सबाट एनपीएल खेल्ने

Published on

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले दक्षिण अफ्रिकाका स्टार क्रिकेटर डेभिड मिलरलाई अनुबन्ध गरेको छ। मध्यक्रमका बायाँहाते ब्याटर ३७ वर्षीय मिलरको आगमनले टोलीको ब्याटिङ थप बलियो हुने अपेक्षा गरिएको छ।

मिलरले दक्षिण अफ्रिकाबाट १४० टी–२० अन्तर्राष्ट्रिय खेलमा दुई हजार ८०४ रन बनाएका छन्। उनले दुई शतक र नौ अर्धशतक प्रहार गरेका छन्। सन् २०२२ मा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जित्दा मिलरले महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले आईपीएलसहित बिग बास लिग र पाकिस्तान प्रिमियर लिगजस्ता चर्चित प्रतियोगिता पनि खेलेका छन्।

कर्णाली याक्सले यसअघि पाकिस्तानका टी–२० कप्तान साहिबजादा फरहान, अलराउन्डर हुसेन तलत तथा बङ्गलादेशका अकबर अली र अरिफुल इस्लामलाई अनुबन्ध गरिसकेको छ। एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि सुरु हुँदैछ।

spot_img

ताजा समाचार

भीरबाट लडेर बझाङका वडाध्यक्ष टंकप्रसाद जोशीको मृत्यु

बझाङ - बझाङको बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंकप्रसाद जोशीको भीरबाट लडेर मृत्यु भएको छ। ५०...

बंगालको खाडीमा चक्रवात विकसित हुँदै, नेपालमा ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने

काठमाडौँ - बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत हुने र त्यसको प्रभाव नेपालमा...

आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

काठमाडौँ । बडादसैँअन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण...

रास्वपा सभापति रवि लामिछाने तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक भ्रमणका...