गगनकुमार थापाले लिए सभापति पदको शपथ

Published on

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा थापाले सभापति पदको पद तथा गोपनीयताको शपथ लिनुभएको हो।

शपथ ग्रहणपछि थापाले केहीबेरमा पार्टी कार्यालयमा पदबहाली गर्ने कार्यक्रम रहेको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शुक्रबार दिउँसो सम्पन्न मतगणनाबाट थापा सभापति पदमा निर्वाचित हुनुभएको थियो। उहाँले आफ्ना प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै पार्टीको नेतृत्व सम्हाल्नुभएको हो।

सभापतिमा निर्वाचित भएसँगै थापाले नेपाली कांग्रेसको आगामी राजनीतिक दिशा, सङ्गठन सुदृढीकरण तथा पार्टीको भावी कार्ययोजनालाई अघि बढाउने जिम्मेवारी पाउनुभएको छ।

spot_img

ताजा समाचार

गलकोट नगर अस्पतालमा २८ वर्ष सेवा गरेकी डम्मरकुमारी जैसीलाई स-सम्मान बिदाइ

बागलुङ - गलकोट नगर अस्पतालले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका रूपमा २८ वर्षसम्म समुदायको स्वास्थ्य सेवामा...

एमालेले समर्थन फिर्ता लिएपछि मधेश प्रदेश सरकार संकटमा, नयाँ गठबन्धनको गृहकार्य सुरु

जनकपुरधाम । सत्ता साझेदार नेकपा एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना...

भारतले गर्‍यो नेपालका लागि राजदूतमा सुधाकर दलेलालाई नियुक्त

काठमाडौँ – भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाई नियुक्त गरेको छ। भारतीय विदेश...

प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी सुरु

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको भारतको औपचारिक भ्रमणको तयारी सुरु भएको छ। भ्रमणको औपचारिक...