एनपीएलमा आज जनकपुर-काठमाडौं र कर्णाली-विराटनगर भिड्दै

Published on

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्। त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्स आमनेसामने हुनेछन्।

जनकपुर र काठमाडौंबीचको खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। जारी प्रतियोगितामा काठमाडौं गोर्खाजले आज पहिलो खेल खेल्न लागेको हो। जनकपुर बोल्ट्स भने आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो। त्यसैले जनकपुर आज जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा हुनेछ।

यस्तै, आजै साँझ ५ बजे कर्णाली याक्स र विराटनगर किंग्सबीच दोस्रो खेल हुनेछ। कर्णालीले यसअघि जनकपुरलाई पराजित गर्दै प्रतियोगितामा जित निकालेको थियो। विराटनगर किंग्स भने आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो।

आजका दुवै खेल टोलीका लागि महत्वपूर्ण हुनेछन्। जनकपुर र विराटनगर जितको खोजीमा मैदान उत्रँदा काठमाडौंले प्रतियोगिताको सुरुआत जितबाट गर्ने लक्ष्य राख्नेछ।

spot_img

ताजा समाचार

नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट १५ कात्तिकदेखि शुल्क उठाइने

काठमाडौं - नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी १५ कात्तिकदेखि सडक उपभोग दस्तुर उठाइने भएको...

चक्रवातको प्रभावले आज रातिबाट भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बङ्गालको खाडीमा विकसित चक्रवात थप...

छोरीको जन्मदिनमा रामलीला समितिलाई प्रकाश कलौनीको ११ हजार १११ रुपैयाँ सहयोग

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर -९ लालपुरका प्रकाश कलौनीले छोरी आराध्या कलौनीको...

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई जनही पाँच लाख धरौटीमा छाड्न आदेश

ललितपुर - जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र...