चक्रवातको प्रभावले आज रातिबाट भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

Published on

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बङ्गालको खाडीमा विकसित चक्रवात थप शक्तिशाली बन्दै गएको भन्दै नेपालमा पर्न सक्ने सम्भावित प्रभावलाई मध्यनजर गरी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणका अनुसार चक्रवात भारतको भूभागमा प्रवेश गरिसकेको छ। यसको प्रभाव कात्तिक १२ गते बिहीबार रातिदेखि नेपालमा देखिन सक्ने अनुमान गरिएको छ। विशेषगरी कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार देशका विभिन्न क्षेत्रमा वर्षा, चट्याङ र हावाहुरीको सम्भावना रहेको जनाइएको छ।

चक्रवातको प्रभावले कोशी, बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा चट्याङ तथा हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुनसक्ने सम्भावना छ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ।

यसैगरी, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको प्राधिकरणले जनाएको छ। सम्भावित प्रतिकूल मौसमका कारण जनजीवन, यातायात, कृषि तथा पर्वतीय पर्यटन गतिविधिमा असर पर्न सक्ने भएकाले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन सम्बन्धित निकाय तथा सर्वसाधारणलाई आग्रह गरिएको छ।

spot_img

ताजा समाचार

नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट १५ कात्तिकदेखि शुल्क उठाइने

काठमाडौं - नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी १५ कात्तिकदेखि सडक उपभोग दस्तुर उठाइने भएको...

एनपीएलमा आज जनकपुर-काठमाडौं र कर्णाली-विराटनगर भिड्दै

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्। त्रिवि क्रिकेट मैदानमा हुने...

छोरीको जन्मदिनमा रामलीला समितिलाई प्रकाश कलौनीको ११ हजार १११ रुपैयाँ सहयोग

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर -९ लालपुरका प्रकाश कलौनीले छोरी आराध्या कलौनीको...

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई जनही पाँच लाख धरौटीमा छाड्न आदेश

ललितपुर - जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र...