राप्रपा नेपालले ‘तीर’ र ‘सूर्य’मा मतदान गर्ने

Published on

काठमाडौं, वैशाख १८ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालले स्थानीय तह निर्वाचनमा एमालेको ‘सूर्य’ र आफ्नो पार्टीको ‘तीर’ चुनाव चिह्नमा मतदान गर्ने भएको छ । आइतबार राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको सचिवालयको बैठकले आफ्नो उम्मेदवार भएका गाउँ तथा नगरपालिकाहरुमा पार्टीको चुनाव चिह्न ‘तीर’मा मतदातन गर्न आग्रह गरेको हो । साथै नेकपा एमालेसँग चुनावी सहमति भएका ठाउँहरुमा ‘सूर्य’ चिह्नमा मतदान गर्न पनि मतदातालाई राप्रप नेपालले आग्रह गरेको छ ।

‘चैत ३० गते नेकपा एमालेसँग स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालले आफ्नो पार्टीका उम्मेदवार नभएका ठाउँमा नेकपा एमालेका उम्मेदवारहरुलाई सघाउने गरी आपसी सहकार्य गर्न भएको सहमति बमोजिम राप्रपा नेपालका सदस्य, शुभचिन्तक तथा मतदातालाई राप्रपा नेपालका आफ्ना उम्मेदवार भएका गाउँ तथा नगरपालिकाहरुमा पार्टीको चुनाव चिन्ह ‘तीर’ मा मतदान गर्नुहुन र नेकपा एमालेसँग चुनावी सहमति भएका ठाउँहरुमा ‘सूर्य’ चिन्हमा मतदान गर्नुहुन राप्रपा नेपाल आह्वान गर्दछ ।,’ राप्रपा नेपालद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

ताजा समाचार

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा ‘हिमालको पुकार’ वृत्तचित्र प्रदर्शन

काठमाडौँ – संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा...

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...