सस्ता चिनियाँ टायरका कारण रुसी ट्यांकहरु हिलोमा अड्किए !

Published on

काठमाडौं १९ वैशाख । युक्रेन हमला सुस्ताउँदै जानु पछाडिको मुख्य कारण रुसी सैन्य सवारी साधनहरु पनि भएको बताइएको छ जुन हाल युक्रेनी सडकहरुमा जताततै हिलोमा फसेको, ट्यांकहरु अड्किएको देखिन्छ । यसमा रुसी अधिकारीहरुले बलियो टिकाउ महङ्गा टायरको बदलामा सस्तो चिनियाँ वैकल्पिक सामग्रीहरु आयात गरेकाले यस्तो भएको हुन सक्ने प्राविधिक विद्हरुले बताएका छन् ।

नेटोका सवारीसाधनले ‘मिसेलिन एक्सजीएल टायर’ को प्रयोग गर्दछन् तर चिनियाँ व्यवसायले त्यसैका नक्कली उत्पादन लामो समयदेखि सस्तोमा निर्माण गरिरहेको पाइएको छ । यिनको गुणस्तर नराम्रो भएकामा चिनिन्छ । यस्तोमा महङ्गा सैन्य सवारीमा सस्ता टायर फिट गर्दाको नतिजा स्वरुप नै गाडीहरु कठिन बाटोमा अड्किन पुगिरहेको बताइएको छ ।

रुसको सैन्य बजेट प्रति वर्ष झन्डै ६० अर्ब डलरको रहेको छ तर त्यहाँका जेनेरलहरु भ्रष्ट हुने गरेकाले पनि आधा बढी रकम विभिन्न स्तरमा घूसखोरीमा सकिने यसअघि न्युजिल्यान्ड टाइम्सलाई एक खुफीया श्रोतले बताएको थियो ।

जस्तै मिसेलिन एक्सजीएल टायरको मूल्य अलिबाबामा ३६ हजार डलर छ भने त्यसको चिनियाँ विकल्प प्रति २०८ डलरमा पाइन्छ । यसको अर्थ त्यही रकममा ५० सेट चिनियाँ टायर किन्न सकिन्छ ।
यसैगरी कमजोर व्यवस्थापन अनि लापरबाही र तकनिकी कमजोरीले पनि रुसी सैन्य सवारीले सोचे जस्तो प्रभावकारी काम गर्न नसकेको बताइएको छ । डेलिमेलबाट ।

ताजा समाचार

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा ‘हिमालको पुकार’ वृत्तचित्र प्रदर्शन

काठमाडौँ – संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा...

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...