इथियोपियामा मानवीय सहायताका पर्याप्त नभएको संयुक्त राष्ट्रसङ्घको भनाइ

Published on

संयुक्त राष्ट्रसङ्घ, वैशाख २३ गते । संयुक्त राष्ट्रसङ्घले इथियोपियामा मानवीय सहायताको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको जनाएको छ । उत्तरी इथियोपियाली क्षेत्र टिगरेमा आवश्यक खाद्यान्नसमेत नरहेको संयुक्त राष्ट्रसङ्घीय सहायतासम्बन्धी एजेन्सीले जनाएको छ ।

पछिल्ला केही समयमा सो क्षेत्रमा सहयाता पुगेको भए पनि त्यो पर्याप्त नरहेको र नागरिकले खाना खान पनि नपाउने अवस्थामा पुगेका संयुक्त राष्ट्रसङ्घीय सो निकायले जनाएको छ । टिगरेमा लामो समयदेखि द्वन्द्व जारी छ । यही द्वन्द्वका कारण यहाँका नागरिकमा ठूलो समस्या उत्पन्न भएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी निकाय, ओचाले बुधबार इथियोपियाको उत्तरी क्षेत्र टिगरेको अवस्था दिन प्रतिदिन बिग्रँदै गएकाले आवश्यक सहयोगका लागि विश्व समुदायको ध्यानाकर्षण गराएको हो । सो एजेन्सीले सो क्षेत्रमा पछिल्लो समयमा १६९ ट्रकमा ४ हजार ३०० मेट्रिक टन खाद्यान्न ल्याइएको भन्दै सो खाद्यान्न अपुग भएको बताएको हो । अहिले पनि सो क्षेत्रमा मात्र १० लाखभन्दा बढी नागरिकले सहयताको खाँचो रहेको बताएका छन् । उनीहरुलाई आधारभूत स्वास्थ्य उपचारदेखि खाद्यान्नकै खाँचो छ ।

तर पनि दिनमा बढीमा आठ हजार जनालाई मात्र सहयोग दिन सकिएको सो निकायले जनाएको छ । टिगरेमा यहाँका द्वन्द्वग्रस्त समूहहरुले संयुक्त राष्ट्रसङ्घीय समन्वयमा मानवीय सहायता वितरण गर्ने काममा पनि अवरोध उत्पन्न गरिरहेका बताइएको छ ।

टिगरेबाट मात्र दुई लाखभन्दा बढी नागरिक विद्रोहीहरुको हमलाका कारण विस्थापित हुन पुगेका छन् । यहाँ संयुक्त राष्ट्रसङ्घ तथा अन्य सहायता एजेन्सीहरुले त्यहाँ पुगेर सहायता उपलब्ध गराउन थाले पनि अहिले त्यो पर्याप्त नभएको बताइएको छ । रासस / सिन्ह्वा

spot_img

ताजा समाचार

सरकारी कर्मचारीको तलब वृद्धि आजदेखि लागू

नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएसँगै सरकारी कर्मचारीहरूको नयाँ तलबमान आजदेखि लागू भएको छ।...

मिटरब्याज समस्याको समाधानका लागि सहमतिको मस्यौदा तयार

मिटरब्याज समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकार र आन्दोलनरत पक्षबीच सहमतिको मस्यौदा तयार भएको...

ग्रामीण क्षेत्रमा पनि क्यान्सर र नसर्ने रोग बढ्दै

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पछिल्ला वर्षहरूमा क्यान्सर, उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वाससम्बन्धी नसर्ने रोगका बिरामी...

स्मार्ट लाइसेन्स अब बर्सौं कुर्नु नपर्ने

सरकारले लामो समयदेखि छाप्न बाँकी रहेका २७ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तीन महिनाभित्र...