इथियोपियामा मानवीय सहायताका पर्याप्त नभएको संयुक्त राष्ट्रसङ्घको भनाइ

Published on

संयुक्त राष्ट्रसङ्घ, वैशाख २३ गते । संयुक्त राष्ट्रसङ्घले इथियोपियामा मानवीय सहायताको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको जनाएको छ । उत्तरी इथियोपियाली क्षेत्र टिगरेमा आवश्यक खाद्यान्नसमेत नरहेको संयुक्त राष्ट्रसङ्घीय सहायतासम्बन्धी एजेन्सीले जनाएको छ ।

पछिल्ला केही समयमा सो क्षेत्रमा सहयाता पुगेको भए पनि त्यो पर्याप्त नरहेको र नागरिकले खाना खान पनि नपाउने अवस्थामा पुगेका संयुक्त राष्ट्रसङ्घीय सो निकायले जनाएको छ । टिगरेमा लामो समयदेखि द्वन्द्व जारी छ । यही द्वन्द्वका कारण यहाँका नागरिकमा ठूलो समस्या उत्पन्न भएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी निकाय, ओचाले बुधबार इथियोपियाको उत्तरी क्षेत्र टिगरेको अवस्था दिन प्रतिदिन बिग्रँदै गएकाले आवश्यक सहयोगका लागि विश्व समुदायको ध्यानाकर्षण गराएको हो । सो एजेन्सीले सो क्षेत्रमा पछिल्लो समयमा १६९ ट्रकमा ४ हजार ३०० मेट्रिक टन खाद्यान्न ल्याइएको भन्दै सो खाद्यान्न अपुग भएको बताएको हो । अहिले पनि सो क्षेत्रमा मात्र १० लाखभन्दा बढी नागरिकले सहयताको खाँचो रहेको बताएका छन् । उनीहरुलाई आधारभूत स्वास्थ्य उपचारदेखि खाद्यान्नकै खाँचो छ ।

तर पनि दिनमा बढीमा आठ हजार जनालाई मात्र सहयोग दिन सकिएको सो निकायले जनाएको छ । टिगरेमा यहाँका द्वन्द्वग्रस्त समूहहरुले संयुक्त राष्ट्रसङ्घीय समन्वयमा मानवीय सहायता वितरण गर्ने काममा पनि अवरोध उत्पन्न गरिरहेका बताइएको छ ।

टिगरेबाट मात्र दुई लाखभन्दा बढी नागरिक विद्रोहीहरुको हमलाका कारण विस्थापित हुन पुगेका छन् । यहाँ संयुक्त राष्ट्रसङ्घ तथा अन्य सहायता एजेन्सीहरुले त्यहाँ पुगेर सहायता उपलब्ध गराउन थाले पनि अहिले त्यो पर्याप्त नभएको बताइएको छ । रासस / सिन्ह्वा

ताजा समाचार

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...

अमिर खान फसे २४ घन्टासम्म चक्राबत मिचुआङमा, रेस्क्यु टाेलीले गर्याे उद्दार

मुम्बइ, २० मंशिर । चक्रवात मिचुआङले चेन्नईमा ठूलो क्षति पुर्याएको छ । यतिबेला सिंगो...