सार्वजनिक यातायातको भाडा बढ्यो

Published on

काठमाडौं ११ जेठ । सार्वजनिक यातायातको भाडा दुई सातामा दोस्रो पटक वृद्धि भएको छ । पेट्रोलियम पदार्थको लगातार मूल्य वृद्धि भएपछि सार्वजनिक यातायातको भाडा पनि सोहीअनुसार समायोजन गर्नु परेको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका अनुसार हालको भाडादरमा यात्रुवाहक सवारीमा २.१ प्रतिशत वृद्धि भएको छ । पहाडी सडकमा सञ्चालन हुने मालवाहक सवारीमा २.७ प्रतिशत वृद्धि भएको छ । तराईमा सञ्चालन हुने मालवाहक सवारीमा ३ प्रतिशतले भाडादर वृद्धि भएको छ ।

पेट्रोलियम पदार्थमा एकै पटक पाँच प्रतिशत मूल्य थपघट हुँदा वैज्ञानिक भाडादरका आधारमा स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्नुपर्ने नीति भएकाले भाडा वृद्धि भएको हो । विभागले मङ्गलबारदेखि लागू हुने गरी अन्तर प्रदेश रुटमा चल्ने सार्वजनिक सवारीसाधनको भाडादर वृद्धि गरेको सूचनामार्फत जानकारी दिएको छ । यसअघि विभागले जेठ ३ गते भाडा समायोजन गर्दा साबिकको भाडादरमा ३।५ देखि ५।१ प्रतिशतसम्म वृद्धि गरेको थियो । २०७८ चैत २० गते पनि १० देखि १५ प्रतिशतसम्म भाडा वृद्धि भएको थियो ।

सार्वजनिक यातायातको वैज्ञानिक भाडादर समायोजनका लागि पेट्रोलियम पदार्थको हिस्सा ३५ प्रतिशत राखिएको छ, जसअनुसार डिजेल पेट्रोलको मूल्य वृद्धिलाई आधार मानेर समायोजन गरिन्छ । विभागले अन्तर प्रदेशका रुटमा भाडा समायोजन गर्दछ भने प्रदेशभित्र प्रदेश सरकारले समायोजन गर्ने व्यवस्था छ ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...