होली मनाउन सुरु, वसन्तपुरमा चीर पूजा गर्नेको भीड

Published on

काठमाडौं । नेपालीहरुको हर्षोल्लासको पर्व होली आजदेखि मनाउन सुरु गरिएको छ। सोमबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशभर होली मनाउन थालिएको छ। फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि उल्लासका साथ मनाउने तयारी भएको छ। काठमाडौँको वसन्तपुरमा होली मनाउन मानिसहरु उपस्थित हुन थालेका छन्। वसन्तपुरसहित टुँडिखेल लगायतका स्थानमा पनि होली खेल्न मानिसहरुको भीड देखिन्छ। साथै, वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याएर हप्ता दिनअघि शसुरु गरिएको चीर पूजा गर्नेहरुको भीड अहिले बढेको छ। फागु पूर्णिमाको अवसरमा देशका पहाडी भूभागमा आज होली खेलेर मनाइँदैछ भने तराईका जिल्लामा भोलि (मङ्गलबार) पर्व मनाउने परम्परा रहेको छ। होलीलाई असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रूपमा पनि मनाउने प्रचलन छ। मानिसहरु एकअर्काबिच रङ खेलेर पर्व मनाउँछन्। यस क्रममा काठमाडौंका विभिन्न क्षेत्रमा हर्षोल्लासपूर्ण दृश्य देखिएका छन्। गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...