अमेरिकाको आयोवामा गोली चल्दा तीनजनाको मृत्यु

Published on

वासिङ्टन २० जेठ । अमेरिकाको आयोवा राज्यको एम्समा बिहीबार एउटा चर्च बाहिर गोली चल्दा दुई सर्वसाधारण र एक बन्दुकधारीको मृत्यु भएको छ । स्टोरी काउन्टी शेरिफको कार्यालयले ट्वीटमा उल्लेख गरेअनुसार चर्चको पार्किङमा एक पुरुष व्यक्तिले दुई जनालाई गोली हानेका थिए ।

शेरिफको कार्यालयले बताएअनुसार ‘त्यहाँ तीन जनाको मृत्यु भएको छ, ती मध्ये एक जना बन्दुकधारीको रूपमा पहिचान गरिएको पुरुष पनि हो ।’
एम्स स्टोरी काउन्टीको शहर मध्य आयोवाको डेस मोइन्सबाट ५० किलोमिटर उत्तरमा छ । रासस / सिन्ह्वा

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...