वाह्रदेव समाज द्धारा नव निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना

Published on

महेन्द्रनगर २७ जेठ । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगमा नव निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना प्रदान गरिएको छ । वाह्रदेव ज्यावन सेवा समाज कञ्चनपुर द्धारा बझाङ्ग जिल्लाको ज्यावन क्षेत्रबाट प्रतिनिधित्व गर्ने नव निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना प्रदान गरिएको छ । शुक्रवार कञ्चनपुरमा एक कार्यक्रमका बिच वाह्रदेव ज्यावन सेवा समाज कञ्चनपुरले नव निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिएको हो ।

बझाङ्गी समुदायको प्रतिनिधित्व हुने गरि खोलिएको यस समाजले विभिन्न समयमा बझाङ्गको ज्यावन क्षेत्रका नागरिकलाई एक आपसमा जोड्ने काम गरेको छ । बधाई तथा शुभकामना कार्यक्रमको मुख्य उदेश्य ज्यावन क्षेत्रका नागरिकलाई एक आपसमा जोड्ने भएको भन्दै समाजका अध्यक्ष गोपाल धामीले बधाई तथा शुभकामना कार्यक्रम पनि त्यसै अनुसार गरिएको उनले बताए । ज्यावन क्षेत्र धार्मीक रुपमा बझाङ्ग जिल्लाको लागि महत्वपूर्ण क्षेत्र भनेर चिनिने गरिन्छ ।
बझाङ्ग जिल्लाको बुङ्गल नगरपालिकाका नगरप्रमुख जय बहादुर धामीको प्रमुख आतिथी रहेको उक्त कार्यक्रममा विभिन्न जनप्रतिनिधि सँगै ज्यावन क्षेत्रका मानिसहरुको पनि सहभागिता रहेको थियो ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...