वाह्रदेव समाज द्धारा नव निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना

Published on

महेन्द्रनगर २७ जेठ । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगमा नव निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना प्रदान गरिएको छ । वाह्रदेव ज्यावन सेवा समाज कञ्चनपुर द्धारा बझाङ्ग जिल्लाको ज्यावन क्षेत्रबाट प्रतिनिधित्व गर्ने नव निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना प्रदान गरिएको छ । शुक्रवार कञ्चनपुरमा एक कार्यक्रमका बिच वाह्रदेव ज्यावन सेवा समाज कञ्चनपुरले नव निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिएको हो ।

बझाङ्गी समुदायको प्रतिनिधित्व हुने गरि खोलिएको यस समाजले विभिन्न समयमा बझाङ्गको ज्यावन क्षेत्रका नागरिकलाई एक आपसमा जोड्ने काम गरेको छ । बधाई तथा शुभकामना कार्यक्रमको मुख्य उदेश्य ज्यावन क्षेत्रका नागरिकलाई एक आपसमा जोड्ने भएको भन्दै समाजका अध्यक्ष गोपाल धामीले बधाई तथा शुभकामना कार्यक्रम पनि त्यसै अनुसार गरिएको उनले बताए । ज्यावन क्षेत्र धार्मीक रुपमा बझाङ्ग जिल्लाको लागि महत्वपूर्ण क्षेत्र भनेर चिनिने गरिन्छ ।
बझाङ्ग जिल्लाको बुङ्गल नगरपालिकाका नगरप्रमुख जय बहादुर धामीको प्रमुख आतिथी रहेको उक्त कार्यक्रममा विभिन्न जनप्रतिनिधि सँगै ज्यावन क्षेत्रका मानिसहरुको पनि सहभागिता रहेको थियो ।

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...