प्रधान सेनापति शर्मा अमेरिका भ्रमणमा

Published on

काठमाडौं १४ असार । प्रधान सेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा रहेका छन् । भ्रमणको क्रममा शर्माले मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । असार १२ आइतबार अमेरिका पुगेका प्रधान सेनापति शर्माले सोही दिन अमेरिकाका लागि नेपाली राजदूत खत्रीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । यो सँगै संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ लेबनान र सिरिया मिसनको निरीक्षण भ्रमण सम्पन्न गरी शर्माले सोही क्रममा अमेरिकाको औपचारिक भ्रमण पनि गरेका हुन्।

अमेरिका भ्रमणमा रहेका शर्माले क्वान्टिको भर्जिनियास्थित मरीन कोर्प्सको राष्ट्रिय सङ्ग्रहालय र मरीन कोर्प्स बेसको अवलोकन गरेका छन् । यसैगरी, शर्माले क्वान्टिको भर्जिनियास्थित मरीन कोर कमाण्ड र स्टाफ कलेजको भ्रमण गर्नुभई उक्त कलेजको तालिमलगायत विविध पक्षका बारेमा जानकारी लिएका छन् ।

spot_img

ताजा समाचार

आन्तरिक वायुसेवा कम्पनी स्वीकृत भाडादरको न्यूनतम मूल्यमा टिकट बेच्न सहमत

काठमाडौँ - चाडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत...

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सुरू भएको छ।...

आजबाट दसैँका लागि अग्रिम बस टिकट बुकिङ खुला, नयाँ बसपार्कमा यात्रुको भीड

काठमाडौँ - दसैँ मनाउन घर जाने यात्रुका लागि आजदेखि लामो दूरीका सार्वजनिक यातायातको अग्रिम...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान...