प्रधान सेनापति शर्मा अमेरिका भ्रमणमा

Published on

काठमाडौं १४ असार । प्रधान सेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा रहेका छन् । भ्रमणको क्रममा शर्माले मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । असार १२ आइतबार अमेरिका पुगेका प्रधान सेनापति शर्माले सोही दिन अमेरिकाका लागि नेपाली राजदूत खत्रीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । यो सँगै संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ लेबनान र सिरिया मिसनको निरीक्षण भ्रमण सम्पन्न गरी शर्माले सोही क्रममा अमेरिकाको औपचारिक भ्रमण पनि गरेका हुन्।

अमेरिका भ्रमणमा रहेका शर्माले क्वान्टिको भर्जिनियास्थित मरीन कोर्प्सको राष्ट्रिय सङ्ग्रहालय र मरीन कोर्प्स बेसको अवलोकन गरेका छन् । यसैगरी, शर्माले क्वान्टिको भर्जिनियास्थित मरीन कोर कमाण्ड र स्टाफ कलेजको भ्रमण गर्नुभई उक्त कलेजको तालिमलगायत विविध पक्षका बारेमा जानकारी लिएका छन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...