कम्मर मुनिको हड्डी भाचिएपछि मन्त्र हस्पिटलमा सफल सल्यक्रिया

Published on

महेन्द्रनगर ११ साउन । गत शुक्रवार कञ्चनपुरको भीमदत्त नगरपालिका–६ स्थित ८३ वर्षकी रुपसी मडैको घर आगनमा चिप्लेर कम्मर मुनिको हड्डी भाँचियो । घटनास्थल देख्दा सामान्य भएपनि उनको चोट भने निकै गम्भिर ठाउँमा लाग्यो । कम्मरको मुनि तर्फको हिपको हड्डी भाचिएको उनको महेन्द्रनगर स्थित मन्त्र हस्पिटलमा सफल सल्यक्रिया भएको छ ।


सल्यक्रिया सफल भएपछि उनी एक दिनमै हिड्न समेत सफल भएकी छन् । सामान्यतया कम्मरको हड्डी भाँचिएको अवस्थामा समेत मानिसलाई उठ्न र हिडडुल गर्न निकै असहज हुने गर्दछ । तर ८३ वर्षकी रुपसी भने सल्यक्रिया गरेको एक दिनमै हिडडुल गर्न सक्ने भएको मन्त्र हस्पिटलका हड्डी राेग विशेषज्ञ डाक्टर दुर्गेश चाैधरीले जानकारी दिए । उनको सफल सल्यक्रिया भई फिजीयोथेरेपी भैरहेको र दैनिक आफ्नो प्रत्यक्ष निगरानी उपचार भैरहेकाे समेत डाक्टर चाैधरीले बताए ।
विक्रम सम्वत २०७९ वैशाख १ गतेबाट महेन्द्रनगरमा ठूलो निजि लगानीबाट सञ्चालन गरिएको हस्पिटलले एकपछि अर्काे गम्भिर खाले चोटको सल्यक्रिया गर्न सफल भएको छ । सञ्चालमा आएको केही महिना नपुग्दै हस्पिटलले दर्जनौ जटिल किसिमका सल्यक्रियाहरु गर्न सफल भएको मन्त्र हस्पिटलका मेडिकल डाइरेक्टर डाक्टर गोविन्द रोकायाले जानकारी दिए ।


डाक्टर रोकायाका अनुसार हस्पिटलले सर्जरी सल्यक्रिया, हड्डी सम्बन्धि सेवा, मुख बङ्गाराको अप्रेसन, नाक,कान र घाटीको अप्रेसन, महिला रोग विषेशज्ञ लगायतका सेवा प्रदान गरिरहेको छ । यसैगरी हस्पिटलमा विभिन्न १५ ओटा विषेशज्ञ डाक्टरहरु समेत रहेका छन् । यस्तै हस्पिटलले अबको केही महिनामा सिटी स्क्यान र दुर्बिन विधि मार्फत अपरेसन गर्ने मेसिनलाई ल्याउने तयारी गरिरहेको डाक्टर रोकायाले बताए ।
महेन्द्रनगरको निजि लगानीको ठूलो यस हस्पिटलले १० देखि १२ करोड लगानी गरेर हस्पिटटले सञ्चालन गरिरहेको छ ।

spot_img

ताजा समाचार

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो...

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत्...

खाडीमा इरानी आक्रमण, तेल १०० डलर नाघ्यो

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजहरूलाई लक्षित...

कञ्चनपुरका निर्वाचित सांसद जनताको समस्या बुझ्न गाउँ–बस्तीमा

काठमाडौं । कञ्चनपुरबाट नव निर्वाचित सांसदहरू जनताको समस्या बुझ्न गाउँ–बस्तीमा सक्रिय छन्। पहिलो पटक...