कञ्चनपुरका निर्वाचित सांसद जनताको समस्या बुझ्न गाउँ–बस्तीमा

Published on

काठमाडौं । कञ्चनपुरबाट नव निर्वाचित सांसदहरू जनताको समस्या बुझ्न गाउँ–बस्तीमा सक्रिय छन्। पहिलो पटक भारी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विजयी भएका प्रतिनिधि सभा सदस्यहरू पछिल्लो समय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आएका छन्। कञ्चनपुर क्षेत्र–१ बाट निर्वाचित सांसद जनक सिंह धामी बिहीबार बेलौरी नगरपालिका–९ का कुण्डा, रतनपुर, वडा नं. १० भुडा लगायतका क्षेत्रमा पुगेर मतदाताका समस्या बुझ्नुभयो। बेलौरी–९ का स्थानीय गोपाल चौधरीले कुण्डामा रोकिएका सडक योजना समयमै सम्पन्न गर्न पहल गर्न आग्रह गर्नुभयो।

सांसद धामीले मतदातासँगको भेटघाटमा यस क्षेत्रको विकासका लागि आवश्यक नीति, नियम संशोधन र रोजगारीका अवसर सिर्जना गर्न कटिबद्ध रहनुपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसअघि सोमबार सांसद धामीले बेलौरीस्थित भीमदत्त चोक, कलकत्ता बजार, गोकुलपुर बजार, बेलडाडीस्थित चवौंन्नी बजार, लालझाडीस्थित चानदेव, कन्ज बजार तथा पुनर्वासका विभिन्न टोल–बस्तीमा पुगेर मतदातालाई धन्यवाद ज्ञापन गर्दै, सरकार गठन भए लगत्तै यस क्षेत्रको हितमा आवश्यक नीति नियम बनाइने प्रतिबद्धता जनाउनुभएको थियो।

त्यसैगरी, कञ्चनपुर क्षेत्र–३ बाट निर्वाचित सांसद ज्ञानेन्द्र सिंह महतले पनि जनतासँग भेटघाट गर्दै समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। बिहीबार भीमदत्त नगरपालिकाका विभिन्न वडा तथा दोधारा चाँदनी नगरपालिकाका टोल–बस्तीमा पुगेर सांसद महताले जनतामा अभिभावक राज्यको महसुस गराउने योजना रहेको बताउनुभयो। सांसद महताले यस क्षेत्रका विकासका लागि आवश्यक नीति, नियम निर्माण गरिने र युवालाई रोजगारी प्रदान गर्न आवश्यक कदम चालिने पनि जनाउनुभयो। शपथग्रहणपछि जनताको समस्या बुझेर त्यस अनुरूप अघि बढ्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। गोरखापत्र

spot_img

ताजा समाचार

प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी दर्ज्यानी चिन्हबाट सुशोभित

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका...

नेपाल प्रहरीको ३४औँ आईजीपी बने डा. मनोज केसी, दानबहादुर कार्की विशेष सुरक्षा सल्लाहकारमा सरुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

प्रहरी महानिरीक्षक दानबहादुर कार्की पदमुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

इसराइललाई वार्षिक चार अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा

  काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइललाई दिँदै आएको वार्षिक करिब चार अर्ब अमेरिकी...