प्रहरी महानिरीक्षक दानबहादुर कार्की पदमुक्त

Published on

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार कार्कीलाई आईजीपी पदबाट मुक्त गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत सल्लाहकारका रूपमा राख्ने निर्णय गरिएको छ।

सरकारले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णयसमेत गरेको छ।

पछिल्ला विवादास्पद घटनाक्रममा कार्कीको भूमिकालाई लिएर प्रश्न उठेपछि सरकारले उनलाई प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाउने निर्णय गरेको बताइएको छ। सिधै बर्खास्त गर्दा कानुनी जटिलता उत्पन्न हुन सक्ने देखिएपछि उनलाई प्रधानमन्त्री कार्यालय मातहत सारिएको स्रोतको दाबी छ।

यद्यपि, कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाउनुको औपचारिक कारणबारे सरकारले विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

कार्कीलाई गत वर्ष कात्तिक २४ गते सुशीला कार्की नेतृत्वको सरकारले प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो। उहाँले कात्तिक २६ गतेदेखि जिम्मेवारी सम्हाल्नुभएको थियो। २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा उहाँले काठमाडौं उपत्यकाको प्रहरी कमान्ड सम्हाल्नुभएको थियो।

यसैबीच, गत साता पत्रकार तथा सञ्चारमाध्यमका कार्यालयहरूमा प्रहरी परिचालन गरी पक्राउ तथा धरपकड गरिएको घटनाले पनि विवाद सिर्जना गरेको थियो। उक्त घटनामा प्रधानमन्त्रीको सचिवालयका व्यक्तिहरूको दबाब र निर्देशन रहेको आरोप सार्वजनिक भएका थिए। गैरकानुनी पक्राउ तथा प्रहरी परिचालनसम्बन्धी निर्देशनमा सचिवालयको भूमिका रहेको दाबीसमेत गरिएको थियो।

कार्कीलाई जिम्मेवारीबाट हटाउने निर्णय र नयाँ प्रहरी महानिरीक्षकको नियुक्तिसँगै नेपाल प्रहरीको नेतृत्वमा परिवर्तन भएको छ।

spot_img

ताजा समाचार

नेपाल प्रहरीको ३४औँ आईजीपी बने डा. मनोज केसी, दानबहादुर कार्की विशेष सुरक्षा सल्लाहकारमा सरुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

इसराइललाई वार्षिक चार अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा

  काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइललाई दिँदै आएको वार्षिक करिब चार अर्ब अमेरिकी...

गौरमा युवकलाई लक्षित गरी पाँच राउन्ड गोली प्रहार, अवस्था गम्भीर

रौतहट । रौतहटको सदरमुकाम गौरमा अज्ञात व्यक्तिले गोली चलाउँदा एक युवक गम्भीर घाइते भएका...

भारतीय विदेश सचिव मिस्री आज नेपाल आउँदै, द्विपक्षीय सम्बन्धबारे छलफल हुने

काठमाडौँ - भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन्...