एलपी ग्यास उद्योग गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम, ५८ ब्रान्ड घटाउने तयारी

Published on

काठमाडौँ – नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ। चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमअनुसार विभिन्न नाम र ब्रान्डमा सञ्चालन भइरहेका ग्यास उद्योगलाई गाभ्ने नीति कार्यान्वयन गर्न निगमले प्रक्रिया अघि बढाएको हो।

निगमले सबै ग्यास उद्योगलाई पत्राचार गर्दै गाभ्ने नीतिलाई प्रोत्साहन गर्न र आवश्यक कार्ययोजना बनाएर प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ। खाना पकाउने ग्यासको बिक्री तथा वितरणलाई सहज बनाउनुका साथै उपभोक्ताको हित प्रवर्द्धन गर्न उद्योगहरू एकआपसमा गाभिन आवश्यक रहेको निगमले जनाएको छ।

एलपी ग्यास उद्योग सङ्घले पनि उद्योगहरू गाभ्ने विषयमा निगमको पत्र प्राप्त भएको र यसबारे छलफल भइरहेको जनाएको छ।

निगमका अनुसार हाल देशभर ५८ वटा ब्रान्डका एलपी ग्यास सञ्चालनमा छन्। धेरै ब्रान्ड हुँदा ग्यास अभावका बेला उपभोक्ताले सास्ती भोग्नुपर्ने अवस्था आउने भएकाले ब्रान्डको सङ्ख्या घटाउँदा बिक्री वितरण सहज हुने निगमको भनाइ छ।

उद्योगहरू गाभिएपछि ग्यासको आपूर्ति तथा वितरण प्रणाली व्यवस्थित हुने र अभावका समयमा उपभोक्तालाई सहज हुने अपेक्षासहित निगमले यो प्रक्रिया अघि बढाएको हो।

spot_img

ताजा समाचार

चितवनलाई हराउँदै सुदूरपश्चिमको दोस्रो जित, लुम्बिनी एक्लो अपराजित टोली

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई पाँच...

एलपी ग्यास उद्योग गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम, ५८ ब्रान्ड घटाउने तयारी

काठमाडौँ - नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि...

नेपाल रेल्वे बोर्डद्वारा रेल चालक (लोकोपाइलट) पदमा दरखास्त आह्वान

काठमाडौं । नेपाल सरकारअन्तर्गतको नेपाल रेल्वे बोर्डले रेल चालक (लोकोपाइलट) पदका लागि दरखास्त आह्वान...

एनपीएलमा आज दुई खेल हुँदै, काठमाडौंले कर्णाली र सुदूरपश्चिमले चितवनसँग खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि...