भारतमा एक दिनमा १६ हजारभन्दा बढी कोरोना सङ्क्रमित

Published on

काठमाडौं २३ साउन । भारतमा कोरोना भाइरसबाट एक दिनमा थप १६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले सोमबार दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा १६ हजार १६७ नयाँ सङ्क्रमित भएका हुन् ।

यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४१ लाख ६१ हजार ८९९ सङ्घीय स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ । भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ३६ हजार ५१० रहेको छ । यहाँ कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना शुरु भएबाट हालसम्म पाँच लाख २६ हजार ७३० व्यक्तिको मृत्यु भईसकेको छ ।

भारतमा आइतबार एक दिनमा १५ हजार ५४९ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३४ लाख ९९ हजार छ सय ५९ जना कोरोना मुक्त भएका छन् ।एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म दुई अर्ब छ करोड ५६ लाख ५४ हजार ७४१ मात्रा खोप लगाइएको छ । भारतमा कोरोना शुरु भएबाट हालसमम ८७ करोड ८० लाख भन्दा बढी व्यक्तिको कारोना भाइरस परीक्षण भएको जनाइएको छ । रासस/सिन्ह्वा

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...