मलेसियामा कोभिडका सङ्क्रमित घटेनन्, एकै दिन छ जनाको मृत्यु

Published on

काठमाडौं २४ साउन । मलेसियामा पछिल्लो समयमा कोभिडका सङ्क्रमित घटेका छैनन् । यहाँ गएको २४ घन्टायता मात्र कम्तीमा पनि दुई हजार ८६३ जनामा कोभिडको सङ्क्रमण देखिएको छ ।मलेसियाका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले पछिल्लो सयममा यहाँ कोभिडका सङ्क्रमित बढ्दै गएको र अहिलेसम्म देशका ४७ लाखभन्दा बढीमा सो सङ्क्रमण फैलिएको छ । यहाँ गएको २४ घन्टा मात्रयता छ जना सङ्क्रमितको कोभिडकै कारण ज्यान गएको छ । यो समेत गरी मलेसियामा कोभिडको सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको सङ्ख्या ३६ हजार ३२ जना पुगेको बताइएको छ ।

देशभर अहिले पनि ४३ हजारभन्दा बढी सक्रिय सङ्क्रमित छन् । गम्भीर बिरामी भएका केहीको सघन उपचारकक्षमा उपचार भइरहेको छ । रासस/सिन्ह्वा

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...