७५ वर्ष माथिका जेष्ठ नागरिकलाई निशुल्क औषधि

Published on

महेन्द्रनगर १० भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिका ८ तिलाचौरका ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई निशुल्क औषधि वितरण गरिएको छ । वडा कार्यालय र भीमदत्त नगरपालिकाको संयुक्त आयोजनामा वडामा बसोबास गर्ने ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई निशुल्क औषधि वितरण गरिएको हो ।

जिल्लाका कान्छा वडाध्यक्ष समेत रहेका मदन राज मिश्रका अनुसार सेवा नै धर्म हो भन्ने उदेश्यका साथ जेष्ठ नागरिकलाई घरदैलो आधारभुत स्वास्थ्य सेवा तथा निशुल्क औषधि वितरण गरिएको छ । निर्वाचनको बेला घरदैलो कार्यक्रममा जाँदा आफूले गरेको प्रतिवद्धता अनुरुप निशुल्क औषधी वितरण गर्ने कार्य भएको उनले बताए ।


“आजको दिनदेखि टोलटोलमा गएर प्रत्येक ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई निशुल्क औषधि वितरण सँगै घरदैलो आधारभुत स्वास्थ्य सेवा सुरु भएको छ ।” वडाध्यक्ष मिश्रले भने, “आउँदो दिनमा वडाका प्रत्येक टोलमा गएर पनि यस्तै सेवालाई निरन्तरता दिईनेछ ।”

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...