बेलायती महारानी एलिजाबेथ द्वितीयको स्वर्गारोहण

Published on

काठमाडौं २४ भदौ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा बिहीबार स्वर्गारोहण भएको छ । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथले ७० वर्ष शासन गरेपछि बालमोरलमा निधन भएको छ । बकिंघम प्यालेसले रानीको बिहीबार दिउँसो बालमोरलमा शान्तिपूर्वक मृत्यु भएको जनाएको छ ।

यसअघि उहाँ स्कटल्याण्डको बालमोरल अस्पतालमा चिकित्सकको निगरानीमा रहनु भएको थियो । चिकित्सकहरूले उहाँको स्वास्थ्यको बारेमा थप चासो व्यक्त गरेपछि उहाँलाई अस्पतालमा राखिएको बकिङ्घम प्यालेसले बिहीबार नै जनाएको थियो । महारानीको स्वर्गवास भएको खबर पाउन साथ बेलायतमा शोक छाएको छ । बकिंघम राजदरबारमा अहिले ठूलो भीड जम्मा भएको छ । बीबीसी

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...