काठमाडौंको गोठाटारमा सोमबार गोली हानी आक्रमण गरिएका लाल मोहम्मदको मृत्यु

Published on

काठमाडौं –  काठमाडौंको गोठाटारमा सोमबार साँझ गोली हानी आक्रमण गरिएका सर्लाहीका लाल मोहम्मदको मृत्यु भएको छ। गोली लागेपछि घाइते भएका मोहम्मदको टिचिङ अस्पतालमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सर्लाहीका मोहम्मद गार्मेन्ट व्यवसायी थिए। कागेश्वरी मनोहरा नगरपालिका- ८ मा उनलाई गोली हानेर आक्रमणकारीहरू भागेको प्रहरीले जनाएको छ। मोहम्मदमाथि आक्रमण भएको सिसिटिभी फुटेज सार्वजनिक भएको छ।

उक्त भिडिओमा मोहम्मद सेतो कारबाट उत्रिनेबित्तिकै उनीमाथि गोली हानिएको देखिन्छ। उनी आफ्नै कार वरिपरि घुम्दै बच्न खोज्दै भागेका देखिन्छन्। तर बन्दुकधारी उनको पछिपछि लागेर खेद्दै उनलाई तीन-चार पटक गोली हान्छन्।

गोली हानेको देखेपछि सँगै रहेको घरमा रहेकी मोहम्मदकी छोरीले एक तला माथिबाट हाम फालेर आक्रमणकारीलाई झम्टिएकी थिइन्। यसपछि बन्दुकधारीहरू भागेका थिए। गोली हान्ने व्यक्तिको खोजी गरिरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा बन्दुक पनि फेला परेको प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...