५५० जनालाई मन्त्र हस्पिटलकाे निशुल्क स्वास्थ्य सेवा

Published on

महेन्द्रनगर । कञ्चनपुरकाे महेन्द्रनगर स्थित मन्त्र हस्पिटलले ५ सय ५० जनालाई निशुल्क स्वास्थ्य सेवा दिएकाे छ । हस्पिटलले जिल्लाका विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविरकाे आयोजना गर्दै ३ दिनकाे अवधिमा ५ सय ५० जनालाई निशुल्क स्वास्थ्य सेवा दिएकाे हाे । जसअनुसार निशुल्क स्वास्थ्य शिविरकाे पहिलाे दिन कृष्णपुर नगरपालिका वाणी २ स्थित खडायत मेडिकलमा १ सय ७२ जना, दाेधरा चाँदनी नगरपालिका स्थित दाेधरा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रमा २ सय जना र यस्तै बेलडाँडी गाउँपालिका स्थित बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा १ सय ७८ जनाले निशुल्क स्वास्थ्य सेवा लिएका हुन् ।

निशुल्क सञ्चालन गरिएकाे स्वास्थ्य शिविरमा नाक, कान तथा घाटी राेग विशेषज्ञ डाक्टर रचित पाेखरेल, पेट मुटु छाती राेग विशेषज्ञ डाक्टर सगुन विष्ट, मानसिक राेग विशेषज्ञ डाक्टर दीक्षा उप्रेती,डेण्टल सर्जन डाक्टर राजु पाण्डेय र फिजीओथेरपिस्ट डाक्टर सुरज लेखल लगायतले सेवा प्रदान गरेकाे मन्त्र हस्पिटलले जनाएकाे छ । आगामी दिनमा पनि थप स्वास्थ्य शिविर आयोजना सँगै हस्पिटलबाट पनि थप सेवा विस्तार गर्ने हस्पिटल याेजना रहेकाे छ ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...