५५० जनालाई मन्त्र हस्पिटलकाे निशुल्क स्वास्थ्य सेवा

Published on

महेन्द्रनगर । कञ्चनपुरकाे महेन्द्रनगर स्थित मन्त्र हस्पिटलले ५ सय ५० जनालाई निशुल्क स्वास्थ्य सेवा दिएकाे छ । हस्पिटलले जिल्लाका विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविरकाे आयोजना गर्दै ३ दिनकाे अवधिमा ५ सय ५० जनालाई निशुल्क स्वास्थ्य सेवा दिएकाे हाे । जसअनुसार निशुल्क स्वास्थ्य शिविरकाे पहिलाे दिन कृष्णपुर नगरपालिका वाणी २ स्थित खडायत मेडिकलमा १ सय ७२ जना, दाेधरा चाँदनी नगरपालिका स्थित दाेधरा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रमा २ सय जना र यस्तै बेलडाँडी गाउँपालिका स्थित बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा १ सय ७८ जनाले निशुल्क स्वास्थ्य सेवा लिएका हुन् ।

निशुल्क सञ्चालन गरिएकाे स्वास्थ्य शिविरमा नाक, कान तथा घाटी राेग विशेषज्ञ डाक्टर रचित पाेखरेल, पेट मुटु छाती राेग विशेषज्ञ डाक्टर सगुन विष्ट, मानसिक राेग विशेषज्ञ डाक्टर दीक्षा उप्रेती,डेण्टल सर्जन डाक्टर राजु पाण्डेय र फिजीओथेरपिस्ट डाक्टर सुरज लेखल लगायतले सेवा प्रदान गरेकाे मन्त्र हस्पिटलले जनाएकाे छ । आगामी दिनमा पनि थप स्वास्थ्य शिविर आयोजना सँगै हस्पिटलबाट पनि थप सेवा विस्तार गर्ने हस्पिटल याेजना रहेकाे छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...