प्रधानमन्त्रीसँग अमेरिकाका राजदूतको भेट

Published on

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन रिचार्ड थम्पसनले शिष्टाचार भेट गरेका छन् । आफ्नो कार्यकालको सुरुवातमै प्रधानमन्त्री देउवासँग उनले नेपालको आर्थिक विकासमा सघाउँदै दुईपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन भूमिका खेल्ने विश्वास गराएका छन् ।

सो भेटवार्तामा दुई देशको औपचारिक कूटनीतिक सम्बन्धको लामो इतिहास स्मरण गर्दै विविध मुद्दामा थप साझेदारी गर्न पहल गर्ने राजदूत थम्पसनले प्रतिबद्धता जनाए । त्यस्तै उनले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग समेत शिष्टाचार भेट गरेका छन् । सो क्रममा नेपाल–अमेरिका र विश्व समुदायका महत्त्वपूर्ण मुद्दामा थप सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ताजा समाचार

कोप-२८ लाई नेपालले अवसरका सदुपयोग गर्ने प्रधानमन्त्रीको भनाई

दुबई, १५ मंशिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई...

भुकम्प प्रभावित क्षेत्रमा अस्थायी घर बनाउँदै कांग्रेस नेता महर

जाजरकोट, १५ मंशिर । कार्तिक १७ गतेको भूकम्पले जाजरकोटको भेरी नगरपालिका-१ रावतगाउँका पूर्णबहादुर र उर्मिला...

गाजा अपडेटः इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो

गाजा, १६ मंशिर । इजरायलले गरेको आक्रमणमा परी मारिनेको संख्या ५४ पुगेको छ ।  युद्बबिराम...

युद्दबिरामका बिचमा प्यालेस्टाइनी भुमीवाट इजरायलमा रकेट प्रहार

गाजा, १५ मंशिर । इजरायली सेनाले गाजाबाट हानिएको रकेट अवरोध गरेको जनाएको छ । इजरायली...