भीनपा ८ द्धारा अपाङ्गलाई ह्वीलचियर लगायतका सामग्री वितरण

Published on

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८ द्धारा अपाङ्ग नागरिक ह्वीलचियर लगायतका सामग्री वितरण गरिएको छ । वडाध्यक्ष मदन राज मिश्रका अनुसार वडाका विभिन्न शारिरीक रुपले अशक्त नागरिकलाई वडा कार्यालयले सहयोग स्वरुप ह्वीलचियर लगायतका सामग्री वितरण गरिएको हो ।
वडा कार्यालयले एक कार्यक्रमका बिच वडाका विभिन्न ७ जनालाई ह्वीलचियर लगायतका सामग्री वितरण गरिएको वडाध्यक्ष मिश्रले बताए । उनका अनुसार ४ जनालाई ह्वीलचियर २ जनालाई बैशाखी र १ जनालाई वाकर वडा कार्यालयले सहयोग गरेको हो । आफ्नो चुनावी प्रतिवद्धतालाई अनुशरण गर्दै सहयोग गरिएको र आउँदो दिनमा पनि वडाका विभिन्न अशक्त अपाङ्ग नागरिकलाई वडाले सधैँ सहयोग गर्ने समेत वडाध्यक्ष मिश्रले बताए ।

spot_img

ताजा समाचार

थिलथिलिएको विपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

 काठमाडौं । विपी राजमार्गको यात्रा डेढ वर्षदेखि कठिनाईपूर्ण बनिरहेको छ । हालका दिनमा भइरहेको...

भत्केको बाँध नबन्दा सिँचाइबाट बञ्चित छन् किसान

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका–३, गैडाटारमा सिँचाइका लागि निर्माण गरिएको बाँध भत्किएको एक वर्ष...

यात्रुलाई लुट्ने चार जना पक्राउ

काठमाडौं । नेपालगन्ज बसपार्कमा यात्रुहरूलाई धम्की, डरत्रास तथा हातपात गर्दै ५९ हजार रुपियाँ नगदसहित...

नासाको नयाँ मिसनः चन्द्रमातर्फ मानवताको ठुलो कदम

काठमाडौं । नासाको ‘आर्टेमिस-२’ मिसनका चार जना अन्तरिक्षयात्री शुक्रबार फ्लोरिडाको केनेडी अन्तरिक्ष केन्द्रबाट चन्द्रमातर्फ...