भत्केको बाँध नबन्दा सिँचाइबाट बञ्चित छन् किसान

Published on

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका–३, गैडाटारमा सिँचाइका लागि निर्माण गरिएको बाँध भत्किएको एक वर्ष बितिसक्दा पनि पुनः निर्माण हुन नसक्दा किसान समस्यामा परेका छन् । गैडाटार सिँचाइ आयोजना अन्तर्गत चादी खोलाबाट गाउँ–गाउँसम्म आधुनिक पक्की कुलो विस्तार भइसकेको छ । तर आयोजना सञ्चालनको मुख्य आधार रहेको पानी जम्मा गर्न बनाइएको ड्याम भत्किएको एक वर्ष भइसक्दा पनि पुनःनिर्माण हुन नसक्दा किसान समस्यामा परेका हुन् । कृषिको लागि अत्यन्त उर्वर भूमि मानिएको गैडाटार क्षेत्र नै अहिले सिँचाइ अभावका कारण सङ्कटमा परेको छ । गत वर्ष चादी खोलामा आएको बाढीले ड्याम बगाएपछि यहाँका किसान समस्यामा परेका छन् । समयमा सिँचाइ नपाउँदा धान, तरकारी लगायतका बालीनालीबाट अपेक्षित उत्पादन लिन नसकेको अगुवा कृषक सन्तोष चौहानले बताउनुभयो । पछिल्लो समय गैडाटारमा केरा खेतीप्रति आकर्षण बढ्दो छ । केरा खेतीको लागि वर्षमा कम्तीमा दुई पटक सिँचाइको आवश्यक पर्छ । ड्याम भत्किएको कारण समयमा आवश्यक सिँचाइ नपाउँदा किसान चिन्तित बनेका छन् । हाल उक्त क्षेत्रका किसानले अस्थायी रूपमा ड्यामभन्दा माथिबाट ढुङ्गा, सेउला, बालुवा, गिट्टी र माटो प्रयोग गरी अस्थायी बाँध बनाएर सिँचाइ गरिरहेका केरा उत्पादक किसान उपेन्द्र गोलेको दुखेसो छ । 

उहाँ भन्नुहुन्छ, “यस्तो अस्थायी संरचना सानो पानीको बहावले समेत बगाउने भएकाले बारम्बार मर्मत गर्नुपर्ने बाध्यता रहेका कारण समय, श्रम र आर्थिक रूपमा किसान मर्कामा परेका छन् ।” ड्याम पुनः निर्माणको लागि गैडाटारका किसानहरूले स्थानीय, प्रदेश र संघीयगरी तीनै तहका सरकारको ध्यानाकर्षण गराएको वडाध्यक्ष बोधनाथ देवकोटाले बताउनुभयो । उहाँका अनुसार सिँचाइ व्यवस्थापनमा ढिलाइ हुँदा कृषिमा आधारित यस क्षेत्रको आर्थिक अवस्था नै कमजोर हुने खतरा बढ्दै गएको छ । समयमै पुनःनिर्माण नगरे कृषिमा ठुलो क्षति हुने निश्चित छ । अब सरकार र सम्बन्धित निकायहरूले आश्वासन होइन, ठोस कार्यान्वयन मार्फत किसानहरूको पीडामा मलम लगाउनु अत्यावश्यक देखिन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान

काठमाडौं - नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन्। उनलाई केन्द्रीय...

एन्फा कार्यालयमा सीआईबीको छापा, अनुसन्धानका लागि कागजात नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)...

दीर्घायुकुमार श्रेष्ठ बने विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज...

१३ देशका लागि राजदूत सिफारिस

काठमाडौँ, असोज २ गते । सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजदूत नियुक्त...