महाकाली करिडोर पाँच बर्षमा बन्छः नेता लेखक

Published on

महेन्द्रनगर -पुर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले चीन जोड्ने महाकाली करिडोर आगामी पाँच बर्षभित्रै सम्पन्न हुने बताउनुभएको छ ।
कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला हुँदै चीनको नाकासम्म सडक विस्तारको काम पाँच बर्षभित्र भएर यो नाकालाई त्रिदेशीय नाकाका रुपमा आफूले विकास गर्न चाहेको बताए ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट सत्ता गठबन्धनका प्रतिनिधीसभा सदस्यका उम्मेदवार समेत रहेका नेता लेखकले शुक्रबार भीमदत्त नगरपालिका–९ खल्ला मसेटीमा चुनावी घरदैलोका क्रममा ब्रह्मदेवबाटै करिडोरको बाटो डडेल्धुराहुदै चीनको नाकासम्म पुग्ने जानकारी गराए ।
“ यो ठाँउले अत्यन्त राम्रो हुने सम्भावना बोकेको छ ।” लेखकले भने–“ करिडोर बने यही बस्ती भएर आर्थिक गतिविधी बढ्ने, होटल व्यवसाय खुल्ने, गाउँमै रोजगारी पाउने सम्भावना अथिक छ ।”
उहाँले आफूहरु निर्वाचन जितेर गइसकेपछि पाँच बर्षमै करिडोरकोे काम गरिसक्ने बताए ।
“ धार्मिक पर्यटनका दृष्टिले पनि यो ठाउँको सम्भावना राम्रो छ ।” उनले भने –“ यहाँको विकासका लागि सरकारले बजेट दिएर काम अघि बढिरहेकै छ ।”
नेता लेखकले दोधारा चादँनीको सुख्खाबन्दरगाहलाई महाकाली पुल हुदै गड्डाचौकीसम्म जोड्ने त्यसपछि उत्तर ब्रह्मदवेसित जोडर करिडोरको पहुँचसम्म भारत र सुख्खाबन्दरगाह पु¥याइने बताए ।
खल्ला मसेटीको विकासका लागि सिँचाइ, खानेपानी, तटवन्ध निर्माण लगायतका काम अघि बढिरहेको बताउँदै उनले आफू निर्वाचन जितेर गएपछि अधुरा काम केन्द्रीय बजेटमै समावेश गरेर गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यहाँ तटवन्धका लागि रु ६० लाख, ब्रह्मदेवदेखि मुसेटट्ीसम्मको बाटो निर्माणका लागि रु ३० लाख बजेट बिनियोजन भएको छ ।” लेखकले भने–“ काम गर्दै जानुहोस बजेट पनि थप गर्दै लैजान्छौं ।”
सो क्षेत्रमा सिँचाइका लागि बोरिङ्गका लागि पनि रु एक करोड भन्दा बढी बजेट बिनियोजन भएको छ बताए ।
त्यसैगरी लामो समयदेखि स्थानीयबासी भूमिको पुर्जा नभएर बसिरहेको भन्दै उहाँले भूमि आयोगले निःशुल्क जग्गाधनी प्रमाण पुर्जा दिने बताए ।
” आयोगका केन्द्रीय अध्यक्षले नै यो ठाउँको अवस्था हेरेर गएपछि निःशुल्क जग्गाधनी पुर्जा दिने विषयमा छलफल भएको छ ।” उनले भने–“ तपाईहरुले बसोबास भएको ठाउँमा, कमाएको जग्गाकै पुर्जा पाउनुहुन्छ ।”

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...