भुकम्प पिडितको उद्दार कार्यमा नेपाली सेना(फाेटाे फिचर )

Published on

काठमाडौं – मंगलबार मध्यराति खप्तड ईलाका केन्द्र बिन्दु बनाई गएको ६.६ रेक्टर स्केलको भुकम्पका कारण डोटी जिल्लाकाे पूर्वीचौकी गाउँपालिका वडा नं.३ स्थित गैरागाउँमा जनधनको क्षति भएको हुँदा उक्त स्थानमा नेपाली सेनाको खोज तथा उद्दार टोली तत्काल परिचालित भई जिल्लास्थित अन्य सुरक्षा निकाय तथा स्थानीयवासीहरुको सहयोगमा भुकम्पमा परी मृत्यु भएका ६ जनाको शव निकाल्नुका साथै भुकम्पमा परी घाईते भएका ७ जनालाई तत्काल उद्दार गरी जिल्ला अस्पताल डोटी लगिएको छ । उक्त घाईतेहरु मध्ये गम्भिर अवस्थाका २ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाको उद्दार टोलीद्वारा जिल्ला रेडक्रस सोसाईटी, डोटीसंग आवश्यक समन्वय गरी भुकम्प पिडितहरुका लागि आवश्यक खाद्यान्न, त्रिपाल, कम्बल, लत्ता कपडा, भाँडावर्तन लगायतका राहत सामग्रीहरु समेत वितरण गरिएको समेत सेनाले जनाएको छ । फाेटाे फिचर :

spot_img

ताजा समाचार

चन्द्र परिक्रमा उडानमा ऐतिहासिक मोड

काठमाडौं । नासाको आर्टेमिस अभियान अन्तर्गत अन्तरिक्ष यात्रीको टोली आइतबार चन्द्रमाको वरिपरि ‘स्लिङ्गशट’ मार्गमा...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । रामपुर नगरपालिका-३, गैलुकमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा...

सूर्यतारा सिमेन्ट उद्योग : निर्माणको काम अघि बढाइँदै

काठमाडौं । सूर्यतारा सिमेन्ट उद्योग निर्माणको काम अघि बढाउन लागिएको छ । यसअघि नै...

इजरायलमा इरानको मिसाइल आक्रमण जारी

काठमाडौं । इजरायली फायर फाइटरले उत्तरी शहर हाइफामा एक आवासीय भवनमा मिसाइल प्रहारपछि दुई...