भुकम्प पिडितको उद्दार कार्यमा नेपाली सेना(फाेटाे फिचर )

Published on

काठमाडौं – मंगलबार मध्यराति खप्तड ईलाका केन्द्र बिन्दु बनाई गएको ६.६ रेक्टर स्केलको भुकम्पका कारण डोटी जिल्लाकाे पूर्वीचौकी गाउँपालिका वडा नं.३ स्थित गैरागाउँमा जनधनको क्षति भएको हुँदा उक्त स्थानमा नेपाली सेनाको खोज तथा उद्दार टोली तत्काल परिचालित भई जिल्लास्थित अन्य सुरक्षा निकाय तथा स्थानीयवासीहरुको सहयोगमा भुकम्पमा परी मृत्यु भएका ६ जनाको शव निकाल्नुका साथै भुकम्पमा परी घाईते भएका ७ जनालाई तत्काल उद्दार गरी जिल्ला अस्पताल डोटी लगिएको छ । उक्त घाईतेहरु मध्ये गम्भिर अवस्थाका २ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाको उद्दार टोलीद्वारा जिल्ला रेडक्रस सोसाईटी, डोटीसंग आवश्यक समन्वय गरी भुकम्प पिडितहरुका लागि आवश्यक खाद्यान्न, त्रिपाल, कम्बल, लत्ता कपडा, भाँडावर्तन लगायतका राहत सामग्रीहरु समेत वितरण गरिएको समेत सेनाले जनाएको छ । फाेटाे फिचर :

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...