मुस्ताङमा आजदेखि एचपिभी खोप कार्यक्रम सुरु

Published on

काठमाडौँ । यहाँका पाँचवटै स्थानीय तहमा एक सय ९४ जना किशोरीलाई लक्षित गरी पाठेघरको मुखको क्यान्सर रोगविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप अभियान सुरु गरिएको छ । पाँच स्थानीय तहका १६ सामुदायिक र दुईवटा संस्थागत विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रालाई पोठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउन सुरु गरिएको हो । साथै विद्यालय बाहिर रहेका १० वर्षमुनिका किशोरी तथा गत वर्ष एचपिभी खोप लगाउन छुटेका किशोरीलाई पनि खोप लगाइने प्रदेश स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत विद्या तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ६ मा अध्ययनरत १६३ तथा १० वर्षमुनिका विद्यालय बाहिर रहेका तीन र गत वर्ष छुटेका २८ किशारीलाई क्यान्सर रोगविरुद्धको खोप लगाउने कार्यतालिका छ । खोप अभियानअन्तर्गत घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा आजदेखि खोप अभियान सञ्चालन भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा यही चैत २२ र २३ गते, थासाङ गाउँपालिकामा चैत १९ गते र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा चैत २८ गते एचपिभी खोप कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका रहेको स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौं शिक्षालयको साइकल र्‍याली

काठमाडौँ - संविधान दिवसको अवसरमा बाढीपहिरो प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि...

नेक्सस कबड्डी कपको दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका खेलहरू सम्पन्न, भोलि फाइनल खेल हुने

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा भइरहेको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका...

कांग्रेसको वडा अधिवेशन सुरु, अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेसले...

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत...