इरानी र रूसी सुरक्षा अधिकारीबीच युक्रेन सङ्कटबारे छलफल

Published on

काठमाडौं । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली शामखानी र रूसी महासङ्सघको सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभबीच युक्रेन सङ्कटबारे छलफल भएको छ । दुवै पक्षले द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने उपायका साथै जारी युक्रेन सङ्कट र समस्याबारे पनि विचारविमर्श गरेका इरानी समाचार वेबसाइट नूरले जनाएको छ ।

सचिव शामखानीले युक्रेन–रूस युद्धविराम तथा शान्तिवार्ताका लागि नेतृत्व गर्ने कुनै पनि प्रयासलाई इरानको स्वागत एवम् समर्थन रहने स्पष्ट गर्दै जारी द्वन्द्व अन्त्यका निम्ति सक्रिय भूमिका निर्वाह गर्न तेहरान तयार रहेको बताए । साथै उनले ऊर्जा, यातायात, कृषि, व्यापार, वित्त र वातावरणका क्षेत्रमा इरान र रूसबीचको सहकार्यलाई अझ सुदृढ तुल्याउन आह्वान गरे ।

इरानी अधिकारीले आतङ्कवाद र चरमपन्थीले क्षेत्रीय एवम् विश्वशान्ति– सुरक्षालाई जोखिममा पारेकाले तिनलाई निर्मूल गर्न सघन क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोग निरन्तररूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए भने रूसीले अधिकारीले रूस र इरानबीच विभिन्न क्षेत्रमा भएका पारस्परिक सहयोगले गति लिएकामा त्यसको प्रशंसा गर्दै दुवै देशका राष्ट्रपतिले द्विपक्षीय वार्ताका साथै सम्बन्ध सुधारलाई उच्च प्राथमिकतामा राखेका नूर न्यूजमा उल्लेख छ । रासस / सिन्ह्वा

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...