इरानी र रूसी सुरक्षा अधिकारीबीच युक्रेन सङ्कटबारे छलफल

Published on

काठमाडौं । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली शामखानी र रूसी महासङ्सघको सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभबीच युक्रेन सङ्कटबारे छलफल भएको छ । दुवै पक्षले द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने उपायका साथै जारी युक्रेन सङ्कट र समस्याबारे पनि विचारविमर्श गरेका इरानी समाचार वेबसाइट नूरले जनाएको छ ।

सचिव शामखानीले युक्रेन–रूस युद्धविराम तथा शान्तिवार्ताका लागि नेतृत्व गर्ने कुनै पनि प्रयासलाई इरानको स्वागत एवम् समर्थन रहने स्पष्ट गर्दै जारी द्वन्द्व अन्त्यका निम्ति सक्रिय भूमिका निर्वाह गर्न तेहरान तयार रहेको बताए । साथै उनले ऊर्जा, यातायात, कृषि, व्यापार, वित्त र वातावरणका क्षेत्रमा इरान र रूसबीचको सहकार्यलाई अझ सुदृढ तुल्याउन आह्वान गरे ।

इरानी अधिकारीले आतङ्कवाद र चरमपन्थीले क्षेत्रीय एवम् विश्वशान्ति– सुरक्षालाई जोखिममा पारेकाले तिनलाई निर्मूल गर्न सघन क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोग निरन्तररूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए भने रूसीले अधिकारीले रूस र इरानबीच विभिन्न क्षेत्रमा भएका पारस्परिक सहयोगले गति लिएकामा त्यसको प्रशंसा गर्दै दुवै देशका राष्ट्रपतिले द्विपक्षीय वार्ताका साथै सम्बन्ध सुधारलाई उच्च प्राथमिकतामा राखेका नूर न्यूजमा उल्लेख छ । रासस / सिन्ह्वा

ताजा समाचार

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा ‘हिमालको पुकार’ वृत्तचित्र प्रदर्शन

काठमाडौँ – संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा...

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...