जबराविरुद्धको महाअभियोग प्रस्ताव जीवितै छ : सञ्चारमन्त्री कार्की

Published on

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महा अभियोग प्रस्ताव जीवितै रहेको बताउनुभएको छ।

बुधबार मङ्सिर २० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिकपछि सञ्चारकर्मीसँगको साक्षात्कारमा मन्त्री कार्कीले यस्तो बताउनुभएको हो।

उहाँले कार्कीले आगामी प्रतिनिधि सभामा जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने बताउनुभयो।

मन्त्री कार्कीले भन्नुभयो, ‘‘प्रतिनिधिसभामा निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्तावमाथि छलफल भएर त्यो छलफलको प्रतिवेदन पेश भएको छ। त्यो अर्को प्रतिनिधि सभामा छलफल हुने हो, त्यो विषय जीवितै छ। यो महाभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति हो। यसको छलफल आउने प्रतिनिधि सभामा हुन्छ र छलफल भएरै निर्णयमा पुग्छ।’’

spot_img

ताजा समाचार

शैक्षिकसत्र अगावै तनहुँमा पर्याप्त पाठ्यपुस्तक

काठमाडौं । नयाँ शैक्षिक सत्र २०८३–८४ सुरु हुनुअगावै तनहुँमा पर्याप्त मात्रामा पाठ्यपुस्तक भित्रिएका छन्...

शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री...

मटिखान बजारमा ट्रक दुर्घटना

काठमाडौं । कालीकोटको शुभकालिका गाउँपालिका –६ मटिखान बजारमा मालवहाक ट्रक दुर्घटनामा परेको छ ।...

क्षतिपूर्ति रकम नपाएको मृतक परिवारको गुनासो

काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिका –२, बिर्ताटोलमा दुई महिनाअघि मोटरसाइकलको ठक्करबाट मृत्यु भएको एक...