काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज धनगढी जाने भएका छन् । धनगढीमा आयोजना गरिएको सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री धनगढी जान लागेका हुन् ।
दिउँसो २ बजे महोत्सवको उद्घाटन हुने आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले जनाकारी दिएको छ । सुदूरपश्चिम प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यापार व्यवसाय र कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सङ्घले महोत्सव आयोजना गरिएको हो । महोत्सव भने पुस २ गतेसम्म चल्नेछ ।