कानून निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउनका लागि प्रतिवद्ध छुः कानूनमन्त्री गौतम

Published on

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानून निर्माणको कामलाई तीव्र  गतिमा अघि बढाउन आफू प्रतिवद्ध रहेको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा सांसद डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्ने क्रममा उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभयो । मन्त्री गौतमले सङ्घीय संसद्ले आगामी दिनमा काम गर्ने थलोको रुपमा स्थापित गराउने गरी आफूले सहयोग गर्ने बताउनुभयो। उहाँले सरकारलाई जवाफदेही बनाउन सङ्घीय संसद्को भूमिका प्रभावकारी हुनुपर्नेमा पनि जोड दिनुभयो ।

मन्त्री गौतमले भन्नुभयो, “अब यस पटकको संसद्ले स्पष्ट जिम्मेवारी कानूनी रिक्तता पूरा गर्न, शासनलाई प्रभावकारी बनाउन, सरकारलाई जवाफदेहिताको कसीमा राख्नका लागि पनि काम गर्नुपर्नेछ । अब ढिलाई गर्ने संस्कारलाई हामीले तोड्नै पर्दछ । निर्णय गर्ने साहस देखाउनै पर्दछ । र, काम गर्ने संसद्को पहिचान स्थापित गर्नैपर्दछ । म कानून, न्याय तथा संसदीय मामिलामन्त्रीको हैसियतले सरकार र संसदबीच प्रभावकारी समन्वय गर्दै यस प्रक्रिया तीव्र गतिमाअघि बढाउनका लागि प्रतिवद्ध छु भन्नेकुरा पनि संसद्‌मार्फत निवेदन गर्न चाहन्छु ।” मन्त्री गौतमले जनताको आवश्यकतालाई सम्बोधन गर्न पनि कानून निर्माण गर्ने काममा संसद्‍मा ढिलाई गर्ने छुट नभएको पनि स्पष्ट पार्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...