रसुवामा वन्यजन्तुबाट जोखिम बढ्दै

Published on

काठमाडौं । उच्च भागमा चिसो बढ्दै गएका कारण तातो क्षेत्र खोज्दै हिँड्ने वन्यजन्तुबाट पैदलयात्रामा मानिसलाई जोखिम बढ्न थालेको छ ।जङ्गली भालु मानव बस्तीको नजिक आउन थालेको र हालै एक व्यक्तिलाई घाइतेसमेत बनाएपछि जोखिम महसुस भएको हो । मानिस आक्रमणको साथै आयआर्जनका लागि किसानले पालन गरेका बङ्गुरको पाठासमेत जङ्गली भालुले आक्रमण गर्ने गरेको पाइएपछि साँझ बिहान नेपाली सेनाको सुरक्षा गस्ती खटाउने व्यवस्था मिलाइएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । जङ्गली भालुले धुञ्चेको इमरुङ तथा केबु, भार्खु क्षेत्रमा बढी दुःख दिन थालेको स्थानीय बासिन्दाले बताएका छन् ।

धुञ्चेस्थित मत्स्य अनुसन्धान केन्द्रको गोदाममा राखिएको माछाको दानासमेत केही समय अगाडि भालुले नोक्सान गरेको थियो । पोखरीमा पालिएको माछालाई खुवाउन गोदाममा राखिएको दाना हराएपछि पत्ता लगाउन भोलिपल्ट सिसिटिभी हेर्दा जङ्गली भालुको टाउकाले झ्यालको सिसा फोडी खाएको भेटिएको मत्स्य केन्द्रका कर्मचारीले बताए । जङ्गली भालुको त्रास न्यूनीकरण गर्न लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाले अहोरात्र गस्ती गरी मानव तथा वन्यजन्तु दुवैलाई सुरक्षा प्रदान गरिरहेको निकुञ्जले जनाएको छ । बढी चिसो भएपछि प्रायजसो जनावर तातो स्थान खोज्दै डुल्ने भएका कारण बिहान बेलुका वासस्थानबाट एक्लै बाहिर ननिस्कन, घाँस दाउरामा जाँदा साथीको साथमा मात्र हिँड्न अनुरोध गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराइले बताउनुभयो ।

भिमली, टिमुरे, बृद्विम, हाकुको लुम्वुडाडा, यार्सा, स्याफ्रुलगायतका दर्जनौँ स्थानमा विगतका समयमा भएको भालु आतङ्कको स्मरण गर्दै रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले लेकबाट झरेको भालु फागुनको १५ गतेसम्म बेँसीका मानव बस्ती आसपास तथा पहराको ओढारलगायतका स्थानमा बस्ने र बेँसीमा तातो बढ्दै गएपछि आफ्नो क्षेत्रमा पुनः फर्कने गरेको अनुभव बताउनुभयो । रासस ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...