चीन र गणतन्त्र कोरियाका विदेशमन्त्री वार्ता

Published on

काठमाडौं । चिनियाँ र गणतन्त्र कोरियाका विदेशमन्त्रीबीच भिडियो लिंकमार्फत वार्ता भएको छ । उहाँहरुका बीचमा सोमबार वार्ता भएको हो । चिनियाँ विदेशमन्त्री वाङ् यी र गणतन्त्र कोरियाका विदेशमन्त्री पार्क जिनका बीचमा सोमबार इन्डोनेसियाको बालीमा यस्तो वार्ता भएको हो ।

सो वार्ताका क्रममा उहाँहरुबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ । त्यस वार्ताका क्रममा चिनियाँ विदेशमन्त्री वाङ्ले चीन गणतन्त्र कोरियासँग सम्बन्ध विस्तारका लागि इच्छुक रहेको र आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई थप सुमधुर बनाउँदै लैजान तयार रहेको बताउनुभएको थियो । हाल दुई देशबीचको सम्बन्ध राम्रो रहेको भन्दै चिनियाँ विदेशमन्त्री वाङ् आर्थिक र व्यापारिक क्षेत्रमा साझा हित र फाइदाका लागि चीनले गणतन्त्र कोरियासँग अघि बढ्न चाहेको बताउनुभएको थियो ।

उता गणतन्त्र कोरियाका विदेशमन्त्री पार्कले पनि चीनसँग लगानी प्रवर्धनका साथै कूटनीतिक क्षेत्रका साझा हितका विषयमा आफ्नो देश मिलेर अघि बढ्न चाहेको बताउनुभएको थियो । रासस/सिन्ह्वा

ताजा समाचार

कांग्रेस सांसद आचार्य राहत सामग्री बोकेर जाजरकोट प्रस्थान

काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद  मोहन आचार्य  राहत...

स्वर्णिम वाग्ले रास्वपा उपसभापति नियुक्त

काठमाडौं, १३ मंसिर । डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति नियुक्त भएका...

पुकार बम रास्वपा केन्द्रीय सदस्य मनोनित

काठमाडौं, १३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा पाँच जना केन्द्रीय सदस्य मनोनित भएका...

अमेरिकी राष्ट्रपति बाइडेन राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी नहुने

काठमाडौं, १३ मंसिर । अमेरिकी राष्ट्रपति जो बाइडेन संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी...