बैतडीमा सम्पन्न अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकालाई

Published on

बैतडी – बैतडीको सुन्दरखालीमा सम्पन्न अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा मेलौलीले दशरथचन्द नगरपालिकालाई ३–१ ले पराजित गरेको हो ।

पहिलो सेट दशरथचन्दले २५–२३ अङ्कले जितेको थियो । त्यसपछि मेलौलीले २५–२१, २५–१९ र २५–१६ अङ्कले लगातार खेल जित्दै उपाधि रक्षा गरेको हो । उपाधिसँगै मेलौलीले रु एक लाख २५ हजार र ट्रफी प्राप्त गर्यो । उपविजेता दशरथचन्दले रु ७५ हजार र ट्रफी पायोे । तेस्रो भएको पाटन नगरपालिकाले रु ३५ हजार पुरस्कार प्राप्त गर्यो ।

विजेता, उवविजेता र तेस्रो भएको टोलीलाई दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी, मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्द, दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दलगायतले पुरस्कार वितरण गरे। तेजबहादुर चन्द ट्रष्टको आयोजनामा यही मङ्सिर २५ गतेदेखि उक्त प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा नौ स्थानीय तहसहित १० टोली सहभागी भएका ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिए । रासस

ताजा समाचार

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा ‘हिमालको पुकार’ वृत्तचित्र प्रदर्शन

काठमाडौँ – संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा...

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...