धार्मिकस्थल द्वन्द्वमुक्त हुनुपर्नेमा चीनको जोड

Published on

काठमाडौं । चीनले संसारका सबै धार्मिकस्थल द्वन्द्वमुक्त हुनुपर्नेमा जोड दिएको छ । इजरायली रक्षामन्त्री इटामार बेनगवीरले पूर्वी जेरुसेलमको अलअक्सा मस्जिद परिसरको भ्रमण गरेपछि उत्पन्न तनावलाई लिएर चीनले धार्मिकस्थल विवादमुक्त हुनुपर्नेमा जोड दिएको हो । संयुक्त राष्ट्रसङ्घका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले सुरक्षा परिषद्को बिहीबारको बैठकमा पवित्र स्थललाई लिएर इजरायल–प्यालेस्टाइन तनाव बढेकामा गहिरो चिन्ता व्यक्त गर्दै त्यसलाई रोक्ने प्रयासका निम्ति आह्वान गर्नुभयो । उहाँले तनाव बढ्न नदिन सम्बन्धित पक्षहरूलाई संयमित हुन आग्रह गर्नुभयो । “चीन पवित्रस्थलमा शान्ति कायम होस् भन्ने चाहन्छ र त्यसका लागि आह्वान गर्दछ । थप तनाव बढ्न नदिन सरोकारवाला पक्षलाई शान्त र संयमित रहन आग्रह गर्दछ,” परिस्थितिलाई बिगार्ने गतिविधि कुनै पक्षबाट हुनु नहुनेमा जोड दिँदै राजदूत झाङले भन्नुभयो । चीन अन्तर्राष्ट्रिय विधिको शासन कायम राख्न तथा जेरुसेलममा भएको अन्तर्राष्ट्रिय सहमतिको पालना गर्ने पक्षमा रहेको स्पष्ट गर्नुभयो ।

प्यालेस्टिनी क्षेत्रको जनसाङ्ख्यिक संरचना परिवर्तन गर्ने उद्देश्यले हुने सबै कामप्रति चीनको असहमति रहेको बताउँदै चिनियाँ स्थायी प्रतिनिधिले सन् १९६७ को सहमतिअनुसार पूर्ण सार्वभौम र स्वतन्त्र प्यालेस्टाइन राज्यको स्थापना हुनुपर्ने चीनको अभिमत प्रकट गर्नुभयो । अन्तर्राष्ट्रिय समुदायले तत्काल दुई राज्य समाधानको आधारमा प्यालेस्टाइन र इजरायलीबीचको शान्तिवार्तालाई यथाशीघ्र पुनः सुरु गर्नुपर्ने बताउँदै उहाँले प्यालेस्टाइनको शान्तिपूर्ण सहअस्तित्वलाई अस्वीकार गर्न नहुने उल्लेख गर्नुभयो । उहाँले त्यसनिम्ति अन्तर्राष्ट्रिय समुदायले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने दोहोर्‍याउनुभयो । रासस/सिन्ह्वा

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...