चिनियाँ रक्षामन्त्री र तुर्कमेनका समकक्षीबीच भेटवार्ता

Published on

काठमाडौं । चिनियाँ राज्य परिषद्का सदस्य तथा रक्षामन्त्री वेइ फेङहेले शुक्रबार बेइजिङमा तुर्कमेनका रक्षामन्त्री बेगेन्च गुन्डोग्दियेभसँग भेटवार्ता गरेका छन् । चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र तुर्कमेनका राष्ट्रपति सेरदार बेर्दिमुहामेदोभबीच शुक्रबार भएको वार्तामा चीन–तुर्कमेनिस्तान सम्बन्धको नयाँ युगको रूपमा चीन र तुर्कमेनिस्तानबीच व्यापक रणनीतिक साझेदारीको घोषणा गरेको मन्त्री वेईले बताएका छन् ।

चीनले तुर्कमेनिस्तानसँग दुई देशका सेनाबीचको रणनीतिक सञ्चारलाई निरन्तरता दिन, व्यावहारिक सहयोगलाई अझ गहिरो र विस्तार गर्न र साझा भविष्यका साथ चीन–तुर्कमेनिस्तानको आपसी सद्भाव थप बलियो बनाउन तयार रहेको  पनि बताएका छन् । 

त्यस्तै गुन्डोग्देयेभले तुर्कमेनिस्तानले चीनसँग विभिन्न गतिविधि आदानप्रदान गर्दै आपसी सम्बन्ध थप सुदृढ गर्न र सुरक्षा सहयोगलाई अझ गहिरो बनाउन एवम् दुई देशको साझा हित, क्षेत्रीय शान्ति र विकासको रक्षा गर्न इच्छुक रहेको बताएका छन् । रासस/सिन्ह्वा

ताजा समाचार

कांग्रेस सांसद आचार्य राहत सामग्री बोकेर जाजरकोट प्रस्थान

काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद  मोहन आचार्य  राहत...

स्वर्णिम वाग्ले रास्वपा उपसभापति नियुक्त

काठमाडौं, १३ मंसिर । डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति नियुक्त भएका...

पुकार बम रास्वपा केन्द्रीय सदस्य मनोनित

काठमाडौं, १३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा पाँच जना केन्द्रीय सदस्य मनोनित भएका...

अमेरिकी राष्ट्रपति बाइडेन राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी नहुने

काठमाडौं, १३ मंसिर । अमेरिकी राष्ट्रपति जो बाइडेन संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी...