चिनियाँ रक्षामन्त्री र तुर्कमेनका समकक्षीबीच भेटवार्ता

Published on

काठमाडौं । चिनियाँ राज्य परिषद्का सदस्य तथा रक्षामन्त्री वेइ फेङहेले शुक्रबार बेइजिङमा तुर्कमेनका रक्षामन्त्री बेगेन्च गुन्डोग्दियेभसँग भेटवार्ता गरेका छन् । चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र तुर्कमेनका राष्ट्रपति सेरदार बेर्दिमुहामेदोभबीच शुक्रबार भएको वार्तामा चीन–तुर्कमेनिस्तान सम्बन्धको नयाँ युगको रूपमा चीन र तुर्कमेनिस्तानबीच व्यापक रणनीतिक साझेदारीको घोषणा गरेको मन्त्री वेईले बताएका छन् ।

चीनले तुर्कमेनिस्तानसँग दुई देशका सेनाबीचको रणनीतिक सञ्चारलाई निरन्तरता दिन, व्यावहारिक सहयोगलाई अझ गहिरो र विस्तार गर्न र साझा भविष्यका साथ चीन–तुर्कमेनिस्तानको आपसी सद्भाव थप बलियो बनाउन तयार रहेको  पनि बताएका छन् । 

त्यस्तै गुन्डोग्देयेभले तुर्कमेनिस्तानले चीनसँग विभिन्न गतिविधि आदानप्रदान गर्दै आपसी सम्बन्ध थप सुदृढ गर्न र सुरक्षा सहयोगलाई अझ गहिरो बनाउन एवम् दुई देशको साझा हित, क्षेत्रीय शान्ति र विकासको रक्षा गर्न इच्छुक रहेको बताएका छन् । रासस/सिन्ह्वा

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...