दक्षिण सुडानमा २१४ जना शान्ति सैनिकहरू प्रस्थान

Published on

काठमाडौं । दक्षिण सुडानमा तैनाथ श्री चन्दननाथ गण (शान्ति सेना) आठौं डफ्फालाई बदली गर्न श्री वीरदल गण (शान्ति सेना) काे नवौं डफ्फाका २१४ जना शान्ति सैनिकहरु त्यसतर्फ प्रस्थान गरेका छन् ।

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना खटिने क्रममा हिजाे पुस २५ गते सेनानी प्रविन उप्रेतीको नेतृत्वमा काठमाडाैंबाट मिशन इलाकातर्फ प्रस्थान गरेका हुन् ।

प्रमुख सेनानी राजन दाहालको कमाण्डमा खटिएको उक्त गणका ६३६ जना सकल दर्जाहरु यस अगाबै मिशन इलाकामा पुगिसकेकाे श्री सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रकाशित गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

spot_img

ताजा समाचार

नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ महाधिवेशन (फाेटाे फिचर)

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा सम्पन्न भएकाे छ ।...

बाघको आक्रमणबाट एउटै घरका नौ वटा बाख्रा मरे

काठमाडौं । सल्यानको कालिमाटी गाउँपालिकामा बाघको आक्रमणबाट एउटै घरका नौ वटा बाख्रा मरेका छन्...

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार २० हजार राहत उपलब्ध गराइने

काठमाडौं । भोजपुरको पौवादुङमा गाउँपालिकाले हालै आएको हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई राहत उपलब्ध...

राससको प्रधानसम्पादकमा महतो

काठमाडौं । आजदेखि राष्ट्रिय समाचार समिति (रासस) को प्रधानसम्पादकमा शीतलप्रसाद महतोले जिम्मेवारी सम्हाल्नुभएको छ...