बाघको आक्रमणबाट एउटै घरका नौ वटा बाख्रा मरे

Published on

काठमाडौं । सल्यानको कालिमाटी गाउँपालिकामा बाघको आक्रमणबाट एउटै घरका नौ वटा बाख्रा मरेका छन् भने दुई वटा घाइते र दुई वटा बेपत्ता भएका छन्। कालिमाटी गाउँपालिका–३ साठिघरेका स्थानीय किसान सागर रेउलेका बाख्रालाई चरिचरणका क्रममा धनारी सामुदायिक वन क्षेत्रमा बाघले आक्रमण गरेको हो। चैत ३ गते दिउँसो करिब ३ बजेतिर भएको उक्त घटनामा घरमा रहेका १९ बाख्रामध्ये अधिकांश क्षति पुगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यही चैत ३ गते दिउँसो करिब ३ बजेतिर को घटना हो । म खोलामा जाली हान्ने काममा गएको थिएँ”, पीडित किसान सागरले भन्नुभयो, “घरबाट श्रीमतीले फोन गरेपछि मात्रै थाहा पाएँ ।”

बाख्रापालन मुख्य आम्दानीको स्रोत रहेकाले उक्त घटनापछि परिवार आर्थिक सङ्कटमा परेको उहाँले गुनासो गर्नुभयो। बाघको बढ्दो आतङ्कले मानिसमाथि पनि आक्रमण हुन सक्ने भन्दै स्थानीयमा त्रास फैलिएको छ।“हाम्रो मुख्य पेशा नै बाख्रापालन थियो, बाख्रा मारेपछि अब परिवार कसरी पाल्ने भन्ने चिन्ता छ,” उहाँले दुख पोख्नुभयो । स्थानीयवासीले नजिकैको बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बाघ गाउँतर्फ पसेर समस्या बढेको बताउँर्दै नियन्त्रणका लागि सम्बन्धित निकायसँग माग गरेका छन्। कालिमाटी गाउँपालिका–३ का वडा अध्यक्ष शिवबहादुर खत्रीले पीडितलाई राहत उपलब्ध गराउन आवश्यक समन्वय भइरहेको जानकारी दिनुभयो। वन्यजन्तुबाट भएको क्षतिको राहत वितरणसम्बन्धी निर्देशिकाअनुसार प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो।वडाध्यक्ष खत्रीका अनुसार बाघले बाख्राको घाँटीमा आक्रमण गरी मार्ने र रगत चुस्ने प्रवृत्ति देखिएको छ।

स्थानीय रूपमा ‘निङालो बाघ’ भनिने बाघले नै आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ।उहाँले स्थानीयलाई सचेत रहन आग्रह गर्नुभयो । पछिल्लो समय यस क्षेत्रमा जंगली जनावरको गतिविधि बढ्दै गएकाले थप सतर्कता अपनाउनुपर्ने देखिएको छ। केही समय अघि मात्रै कालिमाटीको वडा नं ६ र ७ तथा आसपास क्षेत्रमा बाघको आक्रमणबाट तीन जना मानिसले ज्यान गुमाइसकेका छन् । यस्तै यही फागुनको अन्तिम साता जिल्लाको शारदा नगरपालिका, ९ सुनचौर क्षेत्रमा बाघले आठ वटा बाख्रा तथा भेडा मारेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...