काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रिय कार्य समितिले कञ्चनपुरको अध्यक्षको जिम्मेवारी रमेश चटौतलाई दिएको छ । विगत लामो समयदेखि नेतृत्व नपाएको कञ्चनपुरमा नेविसंघको जिल्ला अध्यक्ष चटौतलाई दिइएको केन्द्रिय समितिको विज्ञप्तीमा भनिएको छ । चटौतलाई केन्द्रिय समितिले जिल्लाको जिम्मेवारी दिए सँगै आउँदो तीन महिना भित्र जिल्ला अधिवेशन गर्नुपर्नेछ ।
