बेरोजगारी र गरिबीका कारण दैनिक सयौँ अफगान विदेश पलायन हुन बाध्य

Published on

काठमाडौं । तालिबानको शासनकालमा अफगानिस्तानमा गरिबी र बेरोजगारीको उच्च दरका कारण त्यहाँका बासिन्दाहरू रोजगारी खोज्न देश छोडेर विदेश जान बाध्य हुने गरेका टोलोन्यूजले जनाएको छ । त्यहाँका नागरिकले आफ्नो परिवारको पेट पाल्नका लागि गैरकानुनी रूपमा रोजगारीका लागि विदेश पलायन हुन बाध्य भएको बताएका छन् ।

सन् २०२१ को अगष्टमा तालिबानले अफगानिस्तानमाथि कब्जा जमाएपछि देशमा मानवीय सङ्कट धेरै गुणा बढेको छ । तालिबानको कडा प्रतिबन्धका कारण मानिसहरू बाँच्नका लागि देश छोडेर बिदेसिनु परेको हो । हेरातका बासिन्दा अब्दुल खालिकले देशको दयनीय अवस्था र आर्थिक मन्दीप्रति दुःख व्यक्त गर्दै भन्नुभयो, “मलाई अफगानी सौर्य वर्ष १३९१ देखि अहिलेसम्म १६ पटक निर्वासित गरिएको छ । हामी कमजोर छौँ र समस्यासँग जुधिरहेका छौँ र हामीलाई बाहिर जान बाध्य पारिएको छ ।” टोलोन्यूजका अनुसार बाघलाननिवासी नादिर आफ्नो पाँच जनाको परिवारका साथ अवैध रूपमा सीमा पार गरेर इरान जान खोजिरहेका छन् । नादिरले भन्नुभयो, “यदि अफगानिस्तानमा रोटीको टुक्रा पाउन सकिन्थ्यो भने हामी किन अन्य देशमा जान्थ्यौँ, हामी किन आफूलाई विस्थापित गरेर यो कठिन र खतरनाक बाटोमा जान्छौँ रु” नादिरका छोरा ताहिरले भन्नुभयो, “मेरी आमा अपाङ्ग भइसक्नुभएको छ र मैले उहाँको उपचारको लागि केही पैसा कमाउन विद्यालय जान छोडेको छु ।”

तालिबानका शरणार्थी तथा स्वदेश फिर्ती मन्त्री खलीले रहमान हक्कानीले मानव तस्करले अफगान गरिब जनतालाई देश छोड्न उक्साउने गरेको दाबी गरेका छन् । तालिबान नेतृत्वको सरकारले अफगानिस्तानमा सत्ता आफ्नो नियन्त्रणमा लिएपछि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्गठनहरूले यस समूहको दमनको नीतिको आलोचना गर्दै आएका छन् । यसले गरिबी, बेरोजगारी र अतिवादीलाई बढवा दिने, आतङ्कवादीहरूलाई प्रश्रय दिने र विश्व शान्ति र सुरक्षालाई खतरामा पार्ने उनीहरूले बताएका छन् ।रासस/सिन्ह्वा

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...